Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भ्रष्टाचारीलाई कारवाही गर्ने ग्यारेण्टी दिन्छु

०६ सोमबार , पौष २०७७४ बर्ष अगाडि

काठमाडौं । अख्तियारका नवनियुक्त प्रमुख आयुक्र प्रेम कुमार राईले ट्वीटरमार्फत स्पष्ट पारेका छन्– जुनसुकै क्षेत्रमा जो कोही भ्रष्टाचारी होस्, कारबाही प्रक्रिया बढाएर सजायको भागिदार हुनेछ भन्ने ग्यारेन्टी, आज म दिन चाहान्छु । मेरा हात खुट्टा काँप्ने छैनन् । धन्यबाद प्रधानमन्त्रिीज्यू । मलाई योग्य ठानिदिनु भएकोमा ।
प्रेमकुमार राई प्रधानमन्त्रीले विश्वास गरेका प्रशासक, जयबहादुर चन्द पूर्व सुरक्षाकर्मी र कांग्रेस सभापतिका विशेष चहेता व्यक्ति । संवैधानिक परिषद अध्यादेशको बिरोध गर्ने शेरबहादुर देउवाले अन्ततः आफ्नो भागको कोटा लिएकै देखियो । प्रधानन्यायाधीस र राष्ट्रिय सभाध्यक्षले पनि आफ्ना सिफारिसका व्यक्तिहरुलाई नियुक्त दिलाउन सफल भएका रहेछन् । पाउने र आउने ठाउँमा केही पनि नछाड्ने नेताहरु मुलुकलाई गम्भीर परिस्थितिमा धकेल्दासमेत भाग शान्ति जय नेपाल गर्न छाडेनन् । मुलुकको साह्रै दुर्भाग्यपूर्ण घटना हुन् यी ।
अव के हुन्छ ? सबैको प्रश्न छ । अख्तियार प्रमुखले नै भ्रष्टाचारविरुद्ध खुट्टा नकमाउने वचनवद्धता दिइसकेपछि प्रधानमन्त्री केपी ओली बिरोधीको फाइल खुल्ने र तिनलाई जेलमा कोच्न थाल्न सक्नेछन् । कति डरलाग्दो क्षण होला त्यो ।