Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सबै नेताले राजीनामा दिने कि

०६ सोमबार , पौष २०७७४ बर्ष अगाडि

काठमाडौं । लोभी र पापी मनसाय राखेपछि लोकतन्त्र नचल्ने रहेछ । आखिर नोजडाइभ ग¥यो लोकतन्त्रले ।
दोष पद्धतिमा होइन, नेतृत्वको सोचमा हुनेरहेछ भन्ने सवाल पेचिलो रुपमा उठ्यो । पूर्व एमाले र माओवादी मिलेर बनेको नेकपामा दुई पाइलट राखिनु र दुवैवीच मनोमालिन्य भएर गुटबाजी चल्न थालेपछि नेकपाको हातमा पुगेको सत्ता र लोकतन्त्र बाँदरको हातमा नरिवल बन्न पुगेको हो ।
प्रतिपक्षीमा थियो नेपाली कांग्रेस, कांग्रेसले सत्ताधारीझैं मौन बसेर ५ वर्ष जनादेशअनुसार चुपचाप बस्ने, नेकपालाई काम गर्न दिने भनिरहेकै थियो, सत्ताधारी दलभित्रै प्रतिपक्षी तैयार भए । सत्तापक्ष पनि नेकपा, प्रतिपक्षी पनि नेकपा बन्दा न पार्टी पार्टीजस्तो चल्न सक्यो, न सत्ता लोकतन्त्रको बिधि र पद्धतिमा चलाउन सकियो । दुबै अध्यक्ष ओली र प्रचण्डवीच सुरुमा आधा आधा समय सत्ता चलाउने सहमति भयो, पछि पुरै कार्यकाल चलाउन प्रचण्ड सहमत भए तर पार्टीको हालीमुहाली पाउनुपर्छ भन्दा निर्वाचित अध्यक्ष ओली राजी भएनन् । त्यसपछि प्रचण्डले एकताको महाधिवेशनमा सर्वसम्मत उमेदवार बन्ने लालसा देखाए, ओली मानेनन् । ओलीले भने– म महाचिवेशनमा उमेदवार बन्दिन, निर्वानपछि प्रधानमन्त्री पद पनि छाडिदिन्छु । प्रचण्डले सर्वसम्मत अध्यक्ष नपाउने, प्रधानमन्त्री पनि नपाउने देखेपछि गुटबाजी उग्ररुपमा बढ्यो र गुटबाजीकै परिणाम हो, राष्ट्रपति र प्रधानमन्त्री फाल्नका लागि अविश्वास र महाभियोग प्रस्तावको तैयारी । प्रधानमन्त्रीलाई थाहा भयो र ओलीले भाँचो हाने– संसद बिघटन गराइदिए । अव गयो ९ रेक्टरको भूकम्प । कतिपय पूर्वमाओवादी ओलीसँग छन्, कतिपय एमाले पूर्व माओवादीतिर ढल्कन पुगे । पार्टी फुटेको छैन, फुटेकोभन्दा चिरा चिरा, गुट गुटमा देखिदैछ । मुद्दा सडकमा पुग्यो, मुद्दा अदालतमा पुग्यो, मुद्दा जनतासम्म पनि पुगिसकेको छ । जनता निराश छन्, आक्रोसित छन्, जनताले निर्णय गर्ने अवस्था छ ।
हो, ओली सरकारले भ्रष्टाचार बढाएकै हो । हत्या, हिंसा र तस्करी गर्नेमाथि कारवाही गर्न नसकेको पनि हो । तर यी सबै कामको जिम्मा प्रधानमन्त्रीमात्र जिम्मेवार छैनन्, यसमा प्रधानमन्त्रीलाई हलचल गर्न नदिने, भागबण्डा खोज्ने, आफ्ना मान्छेलाई नियुक्ती गराउन र कारवाही नगर्न दबाब दिने यी सबै नेताहरु जिम्मेवार छन् । गुटबाजीलाई प्रश्रय दिने यिनै हुन् । घर चलाउन सकेनन्, यिनले देश चलाउने सपना देखेका हुनाले अव यिनीहरु राजीनामा दिएर नयाँ पुस्तालाई पार्टी जिम्मा लगाउँदैनन् भने जनताले दण्डित गर्नुपर्छ । गोर्खेलौरी खाने कि सम्मानित बस्ने, आफै निर्णय गरुन् ।