Advertisement Banner
Advertisement Banner

१२ सोमबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अभियोग र महाभियोग : पार्टीको सम्पत्ति

२२ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । प्रचण्डको अभियोग पत्र र केपी ओलीको महाभियोग पत्र, दुबै नेकपाको पार्टीको सम्पत्ति हुने । दुबै अध्यक्षले आत्मालोचनासहित अघि बढ्न सहमति गरेर पार्टी एकीकरणलाई बचाउने विषयमा दुबैपक्ष सहमतिको निकट पुगेको बताइन्छ । यद्यपि केपी ओलीले महाधिवेशन अघि अध्यक्ष पदबाट राजीनामा नदिने, महाधिवेशनमा उमेदवार नबन्ने र चुनावपछि प्रधानमन्त्री पनि नबन्ने बचन दिएका छन् ।
तर एकता महाधिवेशनमा सर्वसम्मत अध्यक्ष उमेदवार बन्नु छ । जसको ग्यारेण्टी केपी ओलीले गरेका छैनन् ।
केपी ओलीले दोस्रो पुस्तालाई सत्ता र पार्टी हस्तान्तरण गरौं भनेर राखेको प्रस्तावमा सहमति नजनाउँदा पार्टी पंक्तिभित्र प्रचण्डको घुइरो घुइरो आलोचना भएपछि मंसिर २१ गते बल्ल प्रचण्डले दोस्रो पुस्तालाई जिम्मेवारी दिए आफू पनि अध्यक्ष पद त्याग्न तैयार रहेको सूचित गरेका छन् । तर कसैले पत्याएनन् ।
केपी ओलीले प्रचण्डको अभियोग पत्रमा बहस गर्न चाहन्न भन्दै फेरि पनि पत्र पठाएर २१ गतेको बैठकमा गएनन् । प्रचण्ड र ओलीको एकदोस्राप्रति लक्षित आरोप प्रत्यारोप पत्रहरुलाई २८ गतेको स्थायी समिति बैठकमा लैजाने निर्णय भएको छ ।
नेकपाभित्रको फूट र बिभाजनको खतरा टरिसकेको छैन । एकताको साझा प्रस्ताव बनाउन ओलीको अनुरोध प्रचण्डले अस्वीकार गरेपछि बहस बढेको छ । मुलुकका समस्यामा भन्दा बढी ओली र प्रचण्डको वाकपछि मल्लयुद्धको खतरा बढेर गएको छ । राजनीतिले यू टर्न लिनसक्ने खतरा छ ।
५ सय प्रहरी घेरामा २१ गतेको पार्टी बैठक
नेकपाको पार्टी अफिसमा बैठक त बस्यो तर जनपथ, सशस्त्र र सेनाको कुकुर टोलीले समेत छानबिन गरेपछिमात्र बैठक बसेको थियो । आखिर थ्रेट कसको हो ? यसबारेमा गृह मन्त्रालयले स्पष्ट पारेन । थ्रेट गम्भीर जस्तो देखिन्छ ।