Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गाँजाखेतीलाई बाटो खुल्यो

२२ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । नेकपाका शेरबहादुर तामाङ् र बिरोध खतिवडाको प्रयासले रङ् ल्याएको छ । अन्तर्राष्ट्रिय स्तरमै गाँजा खेतीले कानुनी मान्यता पाउने बाटो खुलेको छ । अव ३ नम्बर प्रदेश र संघीय संसदमा ९ महिना अघि पेश भएको गाँजाखेती नियमन सम्बन्धि बिधेयकमा छलफल हुनसक्छ । गाँजा खेती गर्न पाउने स्थिति आउनसक्छ ।
राष्ट्रसंघको एक निकायमा गाँजा लागू औषधि होइन भन्ने विषयमा ५२ सदस्य राष्ट्रमा नेपालले पनि सकारात्मक मतदान गरेपछि बहुमतले गाँजा नन नार्कोटिक ड्रग हो भन्ने प्रस्ताव बहुमतबाट पारित भएको छ ।
गाँजाखेतीले कानुनी मान्यता पाउनुपर्छ भन्ने लामो समयदेखिको बहस बढेको छ । सरकारमाथि गाँजाखेतीका विषयमा कानुनी व्यवस्था गर्न दबाब परेको छ । यी दुबै अभियन्ता भन्छन्– अब गाँजाखेतीको लागी बाटो खुल्ला भएको छ । कानुन बन्ने छ ।
विश्व स्वास्थ्य संगठनले तीन बर्ष देखि संयुक्त राष्ट्र संघमा गाँजालाई लागू औषधको सूचीबाट हटाउन र गाँजालाई औषधीय गूण भएको बनस्पतिको सूचीमा राख्न पत्र लेखेको थियो । सो प्रक्रियालाई संयुक्त राष्ट्र संघले आफ्नो सदस्य राष्ट्रहरुको बीचमा छलफलमा पठाएको थियो । यसको निष्कर्षमा औषधिका लागि गाँजा खेती गर्न पाइने मार्ग प्रशस्त भएको छ ।
संयुक्त राष्ट्र संघको कमिसन अन नार्कोटिक ड्रग सचिवालयका ५३ सदस्यमा नेपालले पनि मतदान गर्ने अवसर पाएको थियो र बहुमतमा नेपालको मुख्य भूमिका रह्यो । नेपालका तर्फबाट जेनेभामा रहेका राजदूत प्रकाश कुमार सुबेदीले पक्षमा मतदान गगरेपछि २६ का विरुद्ध २७ मतले गाँजा  प्रतिबन्धलाई हटाएको छ ।
नेपाल पहाडी मुलुक भएको र हावापानी पनि राम्रो भएकाले उच्च गुणस्तरको गाँजा खेती हुनसक्नेछ । कानुनी रुपमा मान्यता पाएपछि पहाडी र हिमाली भेगमा समेत गाँजाको खेती हुनेछ र गाँजा खेतीबाट नागरिकको जीवनस्तर उकास्नलाई मद्दत पुग्नेछ ।
सिंगल कन्भेन्सन नन नर्कोटिक ड्रग १९६१ भनिने अन्तरराष्ट्रिय  सन्धिको ५३ सदस्य रहने निर्णायक बोर्डमा नेपालले पक्षमा मतदान गरेर गाँजालाई औषधिका रुपमा मान्यता दिएको छ अव त्यसै अनुसार कानुन निर्माण गरेर कानुनको परिधिमा गाँजा खेती हुनसक्ने भएकाले ठूलै हौसला मिलेको छ ।
नेपाल प्रहरी र सशस्त्रलाई पनि यसरी गाँजा खेती फडानी गर्नुपर्ने जरुरत पर्ने छैन । नेपाल त्यस्तो मुलुक हो, जहाँ बाली नै नलगाए पनि गाँजाको खेती लह लह हुनेगर्छ । सिंहदरवारभित्रका खुला ठाउँमा समेत गाँजाका बोटहरु देखिन्छन् । यस्तो देशले गाँजा खेती गर्न पायो भने पर्याप्त आर्थिक लाभ लिन सक्नेछ ।
गाँजा खेतीको चुनौति भनेको गाँजाको दुरुपयोग हो । गाँजा खेती फडानी गर्ने सुरक्षाकर्मीले गाँजाको दुरुपयोग र तस्करीलाई कडाइका साथ नियमन गर्नुपर्छ र सरकारले नै गाँजा किनेर निकासी गर्ने प्रवन्ध गरे सुनमा सुगन्ध हुने निश्चित छ ।
गाँजा औषधीको लागि आवश्यक कच्चा पदार्थदेखि कपडा र  खाध्यबस्तुमा समेत प्रयोग हुनेगर्छ । सरकारले उत्पादन र निर्यात गर्ने बाटो खुल्ला गर्नको लागि विज्ञ विशेषज्ञको सुझाव लिएर गतिलो कानुन निर्माण गर्नसके, नियमन पनि राम्रै हुनेछ ।
सरकारका लागि आर्थिक स्रोत र नगदे कृषिबालीको रोजगारीका लागि एक अवसर प्राप्त भएको छ । संयुक्त राष्ट्रसंघले नै अब गाँजा औषधीय गुण भएको बनस्पति र यसबाट मानव जीवनलाई हानी हुँदैन भनेसकेपछी नेपालले गाँजामाथि प्रतिवन्ध लगाइरहनुको तुक छैन । डाँडाकाँडाको भौगोलिक अवस्था रहेको नेपालमा उन्नत गाँजा खेतीको राम्रो वातावरण छ । मानव जीवनलाई गाँजाले हानी हुँदैन भनिसकेको स्थितिमा गाँजा खेतीबाट राष्ट्रले कसरी लाभ लिने, नागरिकलाई कसरी बढी लाभ हुन्छ, यसतिर सोच्न जरुरी छ । हरियो वन, पानी, खनिजमा बुद्धि पुगेको देखिदैन । सचेत हुनसके  गाँजाखेतीबाट आर्थिक क्रान्तिमा कायापलट हुनसक्छ ।