Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संघीयता खारेज गरे कोही सती जादैन

२२ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

संघीयता खारेज गरे कोही सती जादैन
प्रा.कृष्ण हाछेथु“ले स्पष्ट शव्दमा बोलेका छन्– यो सङ्घीयता कसैले पनि स्वामित्व ग्रहण नगरेकाले खारेज गरिहाले पनि कोही सती जाँदैन । सात प्रदेशको सङ्घीयता घोषणा भएको दिन यो देशले एउटा सुनौलो अवसर गुमायो । पुनर्संरचना गर्ने भनेका तत्कालीन समयको आवश्यकता अनुसार बनाउने हो । जुन हुनसकेन ।
२०१८ सालमा राजा महेन्द्रले उत्तर दक्षिण हुने गरी ७५ वटा जिल्ला बनाए । कूल मधेसको २० जिल्लामा १७ प्रतिशत पहाडी भूभाग हो भने बाँकी ५ प्रतिशत पनि पहाडी भूभाग मिसाए । भन्नुको मतलब राजा महेन्द्रको ७५ जिल्ला बनाउनुको भित्री उद्देश्य अर्थात उनको उद्देश्य एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेषलाई आत्मसात वा अन्तरघुलन गराउने हो । तर दोस्रो जनआन्दोलनपछि त्यो मोडेलको विकल्पमा विविधतालाई स्वीकार्नु र मान्यता दिनुपर्छ भनेर सङ्घीयताको कुरा आएको हो । .