Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मंसिर २५ गते देशैभरि बिरोध सभा

१५ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले देशका सरोकारका विषयमा दबाब दिनका लागि मंसिर २५ गते सातै प्रदेशमा बिरोध प्रदर्शन गर्ने भएको छ ।
यस सम्बन्धमा बोल्दै महासचिव मोहन बैद्य किरणले पहिलो माँगका रुपमा उठाएका छन्– विप्लवमाथिको प्रतिवन्ध फुकुवा गर, धरपकड बन्द गर ।
पार्टीको पोलिटव्यूरो बैठकले पारित गरेका प्रस्तावहरुको जानकारी दिँदै बैद्यले भनेका छन्– भारतले कव्जा गरेका लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरुको निष्काशन तथा कटौतीको विरोध, किसानहरुका लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा विचार मिल्नेहरुसँग संयुक्त रुपमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय गरिएको छ ।
यो प्रस्ताव बैद्यले नै पेश गरेको र केही परिमार्जनसहित पारित भएको छ । अव कोभिड–१९ को  महामारी पछि अझै क्षत विक्षत बन्दै गइरहेको, पुँजीवादी राज्यसत्ता तथा संसदीय व्यवस्था असफल सावित हुँदै गएको, विभिन्न साम्राज्यवादी एवम् अन्तर्राष्ट्रिय शक्ति केन्द्र, श्रम र पुँजी, साम्राज्यवाद र उत्पीडित राष्ट्रका मुलुकहरुका बीचमा अन्तर्विरोध चर्किएको बारे प्रकाश पारिएको छ र विश्वमा पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवादको विकल्पमा सशक्त आवाज उठ्दै गएकोले आन्दोलन गर्न लागिएको हो ।
बैद्यको प्रतिवेदनमा सामाजिक रुपान्तरण तथा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै गएको परन्तु आत्मगत परिस्थिति भने कमजोर रहेको स्वीकारिएको छ । सुधारका लागि छिटो भन्दा छिटो सच्चा क्रान्तिकारी शक्तिलाई एकताबद्ध तुल्याएर ऐतिहासिक क्रान्ति गर्नुपर्नेमा जोड दिएकाले त्यही क्रान्तिको लागि २५ गते सातै प्रदेशमा प्रदर्शन हुनलागेको हो ।
बैद्यले पारित प्रस्तावबारे भनेका छन्– ‘हाम्रो पार्टी माक्र्सवाद–लेनिनवाद–माओवाद वा विचारधारा मान्ने, नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद अङ्गीकार गर्ने क्रान्तिकारी कम्युनिस्ट सङ्गठन, समूह र व्यक्तित्वहरुलाई वार्ता तथा संवादको प्रक्रियामा अगाडि बढ्न हार्दिक आह्वान गर्दछ ।’
त्यसैगरी प्रस्तावमा जनतालाई त्रसित गराउने र त्यसबाट आफ्नो स्वार्थ सिद्धगर्ने साम्राज्यवादी षडयन्त्रको भण्डाफोर गर्नु पर्दछ भनिएको छ । कोभिड–१९ को नियन्त्रणका नाममा भ्रष्टाचार गर्ने, यसलाई बहाना बनाएर मजदुरहरको निष्कासन तथा कटौती गर्ने, बेरोजगारी बढाउने आदि सरकारी काम र षडयन्त्रको भण्डाफोर गर्न कुनै कसर बाँकी राखिने छैन ।
नेकपा क्रान्तिकारी माओवादीले आह्वान त गरेको छ, मंसिर २५ गते सातै प्रदेशका आमनागरिकले के कति साथ दिने हुन्, यसै भन्न सकिदैन । बैद्यको पार्टीले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने, नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, यातना दिने काम गरेर सरकारले फासीवादको प्रदर्शन गरिआएकोमा त्यसको विरोध गरेकाले यो आन्दोलनमा विप्लवका कार्यकर्ता पनि सामेल हुने आशा गरिएको छ । यसो भयो भने बैद्य पार्टीले गर्ने मंसिर २५ को आन्दोलन प्रभावकारी हुनेछ ।
स्मरणीय छ, यति नै बेला राजतन्त्र र हिन्दुबादीहरुले देशव्यापी ¥याली, नारा जुलुसलाई तिब्रता दिइरहेका छन् । हरेक दिन कुनै न कुनै जिल्ला सहरमा आन्दोलन र नाराबाजी भइरहेको छ । यो स्थितिमा बैद्य माओवादीले पनि सरकारविरोधी आन्दोलन थालेकाले सरकारलाई बसिखाउँ कि उठिजाउँ हुने पक्का छ । बिस्तारै नेकपाका फासीवादी, अधिनायकावादी चरित्र सार्वजनिक हुनथालेको र त्यो पार्टीभित्रै चर्को सत्ता संघर्ष चलेकाले जनताले अर्को परिवर्तन खोजेको प्रष्ट छ ।