Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सैनिक कूटनीतिले दिल्लीलाई जोल्ट

१५ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । भारतका रअका प्रमुख सामन्त गोयल, स्थल सेनाध्यक्ष र विदेश सचिवले नेपाल भ्रमण गरेर सम्बन्धको सुमधुरता र नेपालमा आफ्नो प्रभाव सिद्ध गरेर गए । सबैभन्दा महत्वपूर्ण मेसेज विदेश सचिव हर्षवर्धनले गोरखा पुगेर नेपाल निर्माताको सम्झनामात्र गरेनन्, यो पुण्यभूमि भनेर शिक्षा नै दिएर गए ।
लगत्तै मंसिर १४ गते चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ले ८ घण्टे नेपाल भ्रमण गरेर चीनले दिल्लीदेखि वाशिङ्टनसम्मलाई दिनुपर्ने मेसेज दिएर ढाका हुँदै पाकिस्तानतिरको भ्रमणमा हान्निएका छन् । वेईले नेपाल भ्रमणमा पहिले नै नेपाललाई दिने भनिएको १५ करोड युआन सैन्य सहयोगमा थप ५ करोड युआन बराबरको सैन्य सहयोग दिने घोषणा गरेर गरेका छन् । यो सहयोगबाट नेपाली सेनाको क्षमता अभिवृद्धि, आवश्यक प्रतिरक्षा सामग्रीको आपूर्ति र कोभिड–१९ महामारी विरुद्धको सैन्य कार्यमा सहयोग पुग्ने चीनले विश्वास गरेको छ ।
चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्हको प्रतिनिधिमण्डलले सुरुमै जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग मित्रवत् भेटवार्ता, सम्बन्धलाई अझ मजबुत पार्ने लगायतका सैन्य सहयोगसम्बन्ध विशेष भेटवार्ता गरेका थिए । रक्षामन्त्री वेईले प्रधानमन्त्री तथा राष्ट्रपतिसँग पनि भेटवार्ता गरेका थिए । उहाँसँग आएको स्पेशल सहयोगीले चिनियाँ दूतावासका एक अधिकारीका साथ अर्को एक विशेष भेटघाट गरेको पनि स्रोतले जानकारी दिएको छ । स्मरणीय छ, गतवर्षको राष्ट्रपति भ्रमणमा पनि एक विशेष सहयोगीले यस्तै भेटवार्ता गरेका थिए ।