Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उठ्न थाल्यो नेपालको झण्डा

१५ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । निरङ्कूशता हटाउने सहमति गरेर हिन्दुराष्ट्र र राजतन्त्र मास्नेहरुले १४ वर्षमा के गरे, यसको हिसावकिताव जनताले सडकबाट खोजन थालेका छन् । नेपालको झण्डा उचालेर मेचीदेखि महाकालीसम्म हरेक दिन आमनागरिक सडकमा उत्रिएर नारा लगाइरहेका छन्– राजा आउ देश बचाउ । ०६३ साल वैशाख ११ गते अघिको १९ दिने जनआन्दोलनमा राजतन्त्र मूर्दावाद भनेर यही प्रकारले जनता सडकमा निस्किएका थिए र जनताकै आदेश हो भने ठिकै छ भनेर राजाले सरक्क शान्तिपूर्ण रुपमा जनताको नासो सुम्पिएका थिए ।
जनताको नासो सम्हाल्ने ल्याकत र हैसियत परिवर्तनकारी नेतृत्वमा देखिएन । यिनीहरुले यो १४ वर्षमा जे गरे, त्यो १ सय ४ वर्षमा राणाहरुले पनि गरेका थिएनन् । राजाले देश लुटेको भए यिनले राजामाथि के मात्र गर्ने थिएनन् । आफै लूट अभियानमा सहभागी भए र सत्ताको कुकुर झगडामा लागे, लागिरहेकै छन्, जे देखिएको छ, त्यसबाट नेतृत्वलाई लज्जाबोध भएन, जनता आफै लज्जित भए र यी नेताहरुको विरोधमा यसरी सडकमा निस्किन थालेका छन् ।
यिनले जनअपेक्षाअनुसार काम गरेको भए जनताले यसरी मुलुकमारा मूर्दाबाद भन्नुपर्ने थिएन । राजा आउ देश बचाउ पनि भन्नुपर्ने थिएन ।
भन्न सकिन्छ, यो जनाक्रोश नेताहरुले गलत काम गरेका आक्रोशमात्र हो । त्यो आक्रोश भए पनि नेताहरुले देश डुबाएकै हो । जनताले पाउनुपर्ने परिवर्तनको हक र समानता खोसेकै हो । नाङ्गा नेताहरु बादशाह बनेकै हो, भ्रष्टाचार र अनियमितताको दलदलमा फसेकै हो । तस्करी, माफिया र भ्रष्टाचारी शासन चलाएकै हो । आफै पनि सहभागी भएकै हो । लोकतन्त्रका लागि लडेको भन्ने कुन चाहिं नेता छ सत्तामा नपुगेको ? तिनले आफ्नो कार्यकालमा जनपयोगी के काम गरे ? एउटा उदाहरण दिन सक्छन् । सक्दैनन् भने जनताको जुलुस, ¥याली, आवाजलाई आक्रोशमात्र भनेर पन्छाउन सकिन्छ ?
निश्चय नै राजतन्त्र जनताको माँग हो । राजतन्त्र भनेको निरङ्शताको माँग होइन । लोकतान्त्रिक माँग हो । शासन लोकतान्त्रिक प्रविधिभन्दा बाहिर जानुपर्ने जनताको माँग छैन । लोकतान्त्रिक राजतन्त्र, दलीय व्यवस्था नै जनताले खोजेका हुन् । मात्र हिन्दुराष्ट्र र देश निर्माण गर्ने शाहबंशका उत्तराधिकारी खोजेका हुन् जनताले । एउटा अभिभावक चाहिन्छ भनेका हुन् । यसकारण नेपालको झण्डा बोकेर युवाहरु सडकमा निस्केका छन् । राजनीतिक पार्टीका नेताहरुको पनि समर्थन छ, सहयोग छ । अहिलेको नैतिकहीन परिपाटीले देश धेरै दिन चल्न सक्दैन भन्ने निष्कर्ष हरेक विवेकशील नेपालीको मनको सवाल हो । यही सवालको जवाफ नेपालको झण्डा बोकेर देशैभरिका सडक सडकमा निस्केका जनताले खोजिरहेका छन् । १४ वर्षमा पनि निषेध र विभेद नत्याग्ने, अहंकारी बन्दै जाने र राजनीतिक शक्तिहरुलाई समेटेर लान नसक्दा आजको अवस्था आएको हो ।
यतिबेला मुलुक शान्ति र समृद्धिको उत्खननमा लाग्नुपर्ने थियो । समानतामूलक समाज र रोजगारीको सिर्जना गर्दै औद्योगिकीकरणमा लागेको हुनुपथ्र्यो । १५ वर्षमा वैदेशिक रोजगारी खोज्ने र आयात गरेर हातमुख जोर्नुपर्ने सराप भोग्नुपरेकाले पनि जनता सडक सडकमा निस्केका हुन् । अव निर्णय के होला समयले बताउला ?