Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मानेनन् प्रचण्ड र माधव कित्ता

०८ सोमबार , मंसिर २०७७६ बर्ष अगाडि

युवालाई सत्ता, ३२ बुढा सल्लाहकार बसौं भन्दा
मानेनन् प्रचण्ड र माधव कित्ता---
काठमाडौं । वामदेव गौतम दुई अध्यक्षवीचको बिबादले कुनै हालतमा पार्टी फुट्दैन भनेर ठोकुवा गर्दैछन् ।
ओलीसँग बोल्न नसकेर महासचिवमार्फत प्रचण्डले पठाएको सन्देश भनेको डोरो चुँडिएको छैन, चुँडिदैन भन्ने हो । यसको अर्थ ओलीले १३ गते प्रचण्डका गम्भीर अस्त्रको प्रतिकार ब्रम्हास्त्रले गर्ने भएपछि प्रचण्डले आफ्नो आरोपपत्र फिर्ता लिने संकेत दिएको भनिदैछ ।
यता प्रधानमन्त्री मध्यावधि चुनावको अस्त्र भण्डारणमा र पार्टी फुट्यो भने कांग्रेस–मधेशवादीसँग मिलेर सरकार गठन गर्ने वा अरु के हुनसक्छ भनेर कानुनी र प्राविधिक हिसाव कितावमा लागेको पनि देखिदैछ ।
झगडा चर्कनुपूर्व प्रधानमन्त्री केपी ओलीले सिधै नेतृत्व पंक्तिलाई हामी सबै सल्लाहकारमा बसौं, ६० वर्ष मुनीका दोस्रो पुस्तालाई सत्ता हस्तान्तरण गरौं भन्ने प्रस्ताव राख्दा प्रचण्ड, माधव कित्ता नमान्नु र नेताको पछाडि लाग्ने युवा पुस्ताले हुन्छ, हामी तैयार छौं भनेर अगाडि नसर्नुले नेकपा गम्भीर प्रकृतिको माखेसाङ्लोमा फसन पुगेको छ ।
सवाल सचिवालय, स्थायी समिति र केन्द्रीय समितिसम्म पुग्ने पक्का छ । त्यस अघि नै पार्टी टुक्रियो भने कम्युनिष्ट राजनीति र सत्ता राजनीतिले नयाँ कोर्ष पक्डने देखिन्छ । नेकपाभित्रको सत्ता छिनाझप्टीको सुरु कहाँ गएर अन्त्य हुन्छ भन्ने कुरा निश्चित देखिदैन ।
यसैवीच पार्टी महासचिव विष्णु पौडेलले समस्या सिर्जना गर्ने थलो पार्टी बन्यो भन्ने दुखेसो गर्दै आफ्नो अभिभारा सही ढंगले पुरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रूपमा जिम्मेवारी दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भनेर लविङ् गरेका हुन्, प्रचण्ड–माधव–वामदेवको असहमतिका कारण उनको मच्चाइ थच्चिसकेको छ ।
महासचिव विष्णु पौडेलले आफै अग्रसर भएर भनेका छन्– जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा सचिवालयका सबैले स्थान खाली गरेर स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा राखेँ, सामुहिक राजीनामा दिने कुरो उठाएँ, उचित ध्यान कसैले दिएन ।
पौडेलले भनेजस्तै नेकपा गम्भीर, जटिल र संकटग्रस्त भएको भन्दै जनता र नेता–कार्यकर्ताले नचाहेका अनपेक्षित घटना बढ्दै गएको बताएका छन् । यसैवीच शनिवार कपी ओली जिन्दावाद भन्दै स्थायी समिति सदस्य चितवनमा कुटिएका, सुर्खेतमा बिरोध भएको छ ।