Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजदूतको रेशम फिरिरी..

०८ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । तीजमा नाचेर, दसैंमा ‘रेसम फिरिरी’ गीत गाएर शुभकामना दिनुभएकी महामहिम चिनियाँ राजदूत हाउ यान्छीले तिहार लगत्तैको नेकपाको झगडा मिलाउने भित्री न्यायाधीश बनेपछि झन चर्चामा हुनुहुन्छ । ओली सरकार ढल्यो ढल्यो भनेर हल्लिएको दुईचोटी उहाँकै सक्रियतामा बचेको अवस्था देखिएकै थियो ।
नक्सा प्रकरणमा त भारतले नेपाल चीनको पोल्टामा गएको, चीनतिर ढल्केको र राजदूतका बारेमा अस्लिल आरोपसमेत लगाएको थियो । अहिले पनि भारतले नेपालमाथि चीनको इसारामा चलेको आरोप लगाउन छाडेको छैन । सबै आरोपको खण्डन गर्दै हालै एक अन्तर्वार्तामा महामहिम राजदूतले भन्नुभएको छ– नेपालमा चीनको एक प्रतिनिधिको हिसावले मैले सबै राजनीतिक दल र समाजका सबै क्षेत्रसँग मित्रवत सम्बन्ध राख्छु र हामी दुईपक्षीय सहकार्य र साझा चासोको विषयमा विचार आदान–प्रदानका लागि बेला–बेलामा भेटघाट पनि गर्छौं । यो सामान्य आदान–प्रदान हो र विदेश मामिलामा गरिने सहकार्यलाई धेरै व्याख्या गर्नुपर्ने आवश्यकता छैन ।
नेपाल र चीनवीचको सम्बन्ध बिगार्न केही तत्वहरु लागिरहेको भन्दै उहाँले  भन्नु भएको छ– हाम्रो वीचमा विवादको बिउ रोप्न खोजिरहेका छन् । त्यसैले, यी विषयमा हामी दुई मुलुक एकदमै चनाखो हुनुपर्छ ।
सम्भवतः यही चनाखोपनका कारण भारतका रअ र सेनाध्यक्ष आएर गएपछि चीनका रक्षामन्त्री वेई फेङ्को तुफानी नेपाल भ्रमण हुनलागेको हुनसक्छ ।