Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मंसिर ७ किन कालो दिन ?

०८ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

भरत दाहाल–
काठमाडौं । मंसीर ७ गते नेपालको इतिहासमै सबैभन्दा कालो दिन हो । देशलाई आज जुन अवस्थामा पु¥याईएको छ, त्यसको शिलान्यास गरिएको दिन मंसिर ७ हो । २०६३ सालमा प्रायोजित द्वन्दरत पक्षहरुलाई दिल्लीमा जुटाएर नेपाल विरोधी मिशनमा खटाईएको थियो । त्यसैदिन विदेशी एजेन्डालाई साझा एजेन्डा बनाएर हिंडेपछि दल नामका गिरोहहरुका बिचको तुलनात्मक अन्तर समाप्त भैसकेको हो । ईण्डियाका दिवंगत राष्ट्रपति प्रणव मुखर्जीले अल जजीरा टेलिभिजनमा १२ बुँदे समझदारी आफूहरुले गराएको दाबी गरेका थिए । संविधान जारी गर्नुभन्दा अगाडि १२ बुँदेका ईन्जिनियर श्यामशरणले आफूहरु १२ बुँदे समझदारी गराएको र नेपालको सत्ता राजनीतिको स्टेक होल्डर भएको हुँदा संविधानमा आफ्ना मागहरु पनि सामेल गर्नुपर्ने भन्दै ईण्डियनहरुले सहज ढंगले नागरिकता पाउन सक्ने गरी ऐन बनाउनु पर्ने कुरा उठाएका थिए । स्विकार गरिएको ईण्डियन सर्त अनुसार नै जन्मको आधारको नागरिकता पारित गरेर अन्तरिम संविधानमा हालिएको थियो । २०७२ सालको ईण्डियन नाकाबन्दीको मूख्य कारण यही थियो ।
०६३ सालपछि १२ बुँदे समझदारीलाई आधार बनाएर संगठित गरिएको राज्य प्रणालीको अन्त्य वर्तमान संकटको समाधानको दिशामा पहिलो सर्त हो ।