Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

७ गते २२ दलले माइतीघर घेर्ने

०१ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । सीपी गजुरेलले एक वक्तव्य जारी गरेर २२ राजनीतिक संगठनवीच कार्यगत एकता सुरु भएको जानकारी दिएको केही दिनमै विप्लवले समेत कुशासन, भ्रष्टहरु विरुद्ध सशक्तखालको ३ दिने शान्तिपूर्ण बिद्रोहको जोल्ट दिने बताएका छन् ।
यी दुबै संघर्षका कार्यक्रमले राष्ट्र र जनताका पक्षमा जारी संघर्ष अझै धारिलो बनाउने, हुने अनुमान गरिएको छ ।
सीपी गजुरेलले कात्तिक २७ गते बसेको बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । नेता गजुरेलले संघर्षको कार्यक्रम अन्तरगत मंसिर ७ गते काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिने बताएका छन् ।
७ गते नै देशका सातै प्रदेशमा २१ राजनीतिक संगठनहरुले सामुहिक रुपमा कम्तिमा एउटा एउटा बिरोध कार्यक्रम आयोजना गर्ने सहमति गरेका छन् । संगठनले २१ राजनीतिक संगठनको कार्यगत एकताको संघर्ष र संगठनसम्बन्धी निर्णयबारे आमनागरिकलाई जानकारी गराएका छन्, संगठित भइरहेका छन् ।
प्रेस विज्ञप्तिमा भनिएको छ–
अमेरिकी संस्था एम.सी.सी.सँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि  भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क  उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा कार्यगत एकताले गर्दै आएको संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरिएको छ । यसका निमित्त आगामी मंसिर ७ गते दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रमको आयोजना गरिनेछ । यसै प्रकारको कार्यक्रम देशका सबै प्रदेशले कम्तीमा एक–एक स्थानमा आयोजना गर्ने प्रयत्न गरिनेछ ।
वामपन्थी संगठन–समाजवादी राष्ट्रिय मञ्च, नेपाललाई कार्यगत एकतामा सामेल गर्ने निर्णय भयो । अब यो २२ संगठनको कार्यगत एकता बनेको छ र अब यसलाई त्यसै अनुसार सम्बोधन गरिनेछ ।
कार्यगत एकतालाई अझ व्यवस्थित गर्न र यसलाई अझ माथि उठाउनका लागि नीतिगत आन्तरिक छलफल चलाउनुका साथै संगठनात्मक संरचनाहरु निर्माण गर्ने विषयमा पनि आन्तरिक रुपमा छलफल गरी आगामी बैठकमा निकार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा १. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा मार्क्सवादी (पुष्पलाल), २१. नेकपा (माओवादी), २२. वामपन्थी संगठन–समाजवादी राष्ट्रिय मञ्च, नेपाल छन् । चासो छ– यो संगठनले काम गर्ला छ ?