Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रक्सी पोखेर समाज सुधिन्छ ?

०१ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

लोकको घरघरबाट पक्राउ गर्दै रक्सी खाल्डोमा पोख्दै ः यही हो समृद्धि तन्त्र ?
काठमाडौं । लोकसरकार हरेक दिन लोकले आफ्नै प्रविधिबाट बनाइएका रक्सीहरु यसैगरी पक्राउ गर्ने र पोख्ने गरिरहेको छ । नेपाल रक्सीमा बन्देज लागेको मुलुक होइन । नेपालमा कुन देशको रक्सी पाइन्न । यहाँसम्म कि बौद्धको छाङ पक्राउ गरेर प्रहरी पोख्छ, कोरियाको छाङ्, विदेशी हरप्रकारका रक्सीहरु गल्लीदेखि सुपरमार्केटसम्म राखेर बेच्न दिइरहेको छ । विदेशबाट आउने रक्सी खान हुने, बेच्न हुने, नेपालमै उत्पादित अर्गानिक रक्सी पोख्ने किन ?
पक्राउ आदेश दिने सरकारका कुन व्यक्ति रक्सी खाँदैनन्, पक्राउ गर्ने प्रहरी कति जना छन् रक्सी नपिउने ? कानुन बनाउने सांसद, कानुनको फैसला गर्ने न्यायाधीश, संवैधानिक पदमा बसेकाहरु र कर्मचारीहरु कति छन् रक्सी नखाने ? जब अधिकांशलाई रक्सी चाहिन्छ, खान्छन् भने रक्सी बनाउन, बेच्न, पिउनमा अनुशासन कायम गर्न कानुन बनाएर नियमन किन नगर्ने ? पक्राउ गरेर किन यसरी पोख्ने ?
नेपालमा त पूजापाठ गर्दासमेत रक्सी चढाइन्छ, साइतमा सगुन दिनसमेत रक्सी आवश्यक छ । रक्सी जीवनको अभिन्न अंग हो । रक्सीको खरावीमात्र देख्ने हो भने संसद, न्यायालय, व्यक्ति को खराव छैनन् । असल र सभ्य हुनका लागि कानुनको लक्ष्मणरेखा कोरिनु पर्छ । रक्सी पोखेर समाज बदलिन्न ।
नास कसको भयो ? लोकको । लोकको सरकारले लोकको संरक्षण गर्ने कि लोकको पसिना यसरी बगाइदिने ? यस्तो अन्याय गर्नु हुन्न भनेर नियमन गर्ने कानुन बनाइयोस् ।