Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

धन्यवाद अमेरिका, नेपाललाई एक सय भेन्टिलेटर

०१ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । धन्यवाद अमेरिका ।
भेन्टिलेटरको अभावमा दिनदिनै कोरोना पीडितहरु मरिरहेको खबर सुनेर हो कि अमेरिकाले नेपाललाई एकसय थान भेन्टिलेटर उपहार दिएको छ ।
महामहिम राजदूत बेरीले यी भेन्टिलेर स्वासथ्यमन्त्रीलाई हस्तान्तरण गर्नु भएको छ । १९४७ मा रिकग्निशन गरेर १९४८ मा नेपाल–अमेरिका कूटनीतिक सम्बन्धमा गाँसिएको हो । यही सम्बन्ध आजसम्म पनि मैत्रीपूर्ण रहेको छ । अमेरिकाले नेपालको विकास निर्माणमा सघाउँदै आएको छ ।
यसपल्ट अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विकास नियोग मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको हो । 
यी भेन्टिलेटरहरु सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि ७–७ वटा, सरकारी अस्पतालहरूमा २–२ वटाका दरले वितरण गरिनेछ । कार्यक्रममा राजदूत बेरीले यी भेन्टिलेटरमार्फत् हामी कोभिड १९ बाट अति प्रभावित परिवारलाई सघाउन चाहन्छौं भन्दै मद्दत गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो ।