Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेकपाभित्र अव आरपारको लडाइ

०१ सोमबार , मंसिर २०७७४ बर्ष अगाडि

काठमाडौं । पार्टी एकता र संविधानका आधारभूत वैचारिक राजनैतिक पक्षमाथि कमरेड केपी ओलीबाट निरन्तर प्रहार भएकै कारण आज पार्टी र सरकारमा गम्भीर संकट उत्पन्न भइरहेको छ ।
ओलीको सोच र कार्यशैली कम्युनिष्ट पार्टीको यो संगठनात्मक सिद्धान्त र मान्यताहरुको विल्कुल विपरीत छ । ओलीको सोच र शैली सामन्ती निरंकुशतासँग स्वार्थ मिल्ने खालका छन् ।
यसप्रकारको सोच र शैलीको कम्युनिष्ट पार्टीको सिद्धान्त श्रमजीवि वर्गको स्वार्थसँग कुनै सम्बन्ध छैन, बरु उपरोक्त सोच र शैलीको सिधा सम्बन्ध बुर्जुवा अराजकतावादी व्यक्तिवाद र सामन्ती निरंकुशतासँग रहेको हुन्छ । प्रचण्डले कोभिड–१९ महामारीका बेला सरकारले काम गर्न सकेन । स्वास्थ्य सामाग्री खरीदमा भष्टाचार हुनुले देशको शिर झुकेको छ । स्वास्थ्य सामग्रीको अभाव छ । रोजगारी समाप्त भई कैयौं श्रमजीवीहरुले भोकभोकै बस्नु पर्ने अवस्था सिर्जना भएको छ ।
नेकपाभित्र दुई अध्यक्ष बीच कि तँ छैनस्, कि म छैन जस्तो स्थिति आयो ।
यता झलनाथ खनालले भनेका छन्– प्रचण्डको प्रस्ताव फिर्ता हुँदैन । अव जे निर्णय गर्ने पार्टीले गर्छ । यो हामी सबैको प्रस्ताव हो भनेका छन् । स्थिति हेर्दा लाग्छ– नकेपाभित्र अव आरपारको युद्ध छेडिएको छ । कुरो यहाँसम्म पुगिसकेको छ कि प्रचण्ड खेमालाई लागेको छ– ओलीले संसद बिघटन गर्छन्, कि पार्टी दुई चिरा हुन्छ । नेकपा अर्को मोडमा पुग्यो अव । विश्लेषकहरु भन्छन्– अव नागरिक सरकार आउँछ ।