हङकङ, अष्ट्रेलिया, युके, इजरायलमा पानीभन्दा सस्तो छ नेपाली जवानी। भारतको सीवीआई भन्छ– दुबईमा ८ हजार चेलीहरु यौन बजारमा बेचिइरहेका छन्। अर्थात् पहिले बम्बै बन्यो अहिलेको दुबई र अन्य मुलुकहरु। वैदेशिक रोजगार नेपालको सबैभन्दा ठूलो मान्छे बेच्ने, पैसा कमाउने, पैसा भित्र्याउने राष्ट्रिय उद्योग बन्यो। उत्पादन हुने उद्योगहरु पार्टीहरुले बन्द गरेपछि मुखमा माड लगाउन, परिवारजन बाँच्न र बचाउन नेपाली चेलीहरु विश्व यौन बजार पुगेका छन्। बैध, अवैध मार्गबाट यौन बेच्न जाने, फसाएर लैजाने क्रम झन बढ्दै गएको छ। यसबाट थाहा हुन्छ: नेपालमा बेरोजगारको कति भयावह स्थिति छ। सीवीआई भन्छ: केन्या र अन्य मुलुकमा राम्रो आम्दानी हुन्छ भनेर अवैध मार्गबाट लाने र दुबई लगेर राम्रा राम्रा तरुनीहरुलाई यौन दलालको हातमा बेच्ने गरिएको छ। नेपाली केटीहरु विश्व यौन बजारमा छ्यापछ्याप्ती हुन पुगेका छन्।