Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नागरिक सरकार बनाउने सपना

२४ सोमबार , कार्तिक २०७७६ बर्ष अगाडि

कात्तिक २२ गते शंखपार्क काठमाडौँमा भएको भेलाले नागरिक आन्दोलनबाट यो असफल वर्तमान सत्ता र सरकारलाई फाली नागरिक सरकार स्थापना गर्ने निर्णय गरेको छ । हामी मुलुकभरी  नागरिक आन्दोलन समितिहरु बनाई राखेका छौ र यसमा जोडिनुका लागि देश बिदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाइ हार्दिक आव्हान गर्दछौ । उक्त भेलाले ६१ जनाको नागरिक आन्दोलन परिचालन समिति गठन गरेको छ । यो समिति मुलुक भरि नै बिस्तृत हुँदो छ र नागरिक सरकारको एजेन्डामा सहमत सबैलाई यसमा जोडिन आव्हान र अनुरोध समेत गरिएको छ । उक्त कुरा संयुक्त राष्ट्रिय आन्दोलन समिति २०७७ ले जारी गरेको विज्ञप्तिमा छ । यो समिति सामुहिक नेतृत्वमा अघि बढ्ने एक सहभागीले बताए ।
काठमाडौं । राजतन्त्र र हिन्दुराष्ट्र पुनस्थापित गराउन चाहने देखि ‘राष्ट्रबादीलाई सत्ता, बेरोजगारलाई रोजगार, सबैको तलव ३० हजार’ भन्ने सम्मका अनेक व्यक्ति, संस्थाहरु यो पद्धतिविरुद्ध सडक आन्दोलन गरिरहेका छन् । सबैका आ–आफ्नै प्रकारका आन्दोलन छन् । कसैले कसैलाई नटेर्ने, एकदोस्राप्रति तीतो टिप्पणी गर्ने र हामी नै राजतन्त्र र हिन्दुराष्ट्र फर्काउँछौं, देश बनाउँछौं भनेर एक्लाएक्लै लागेका छन् । अचम्म त के छ भने यी देशभक्त, राजतन्त्र र हिन्दुवादीहरुमा एकदोस्राप्रति पटक्कै विश्वास छैन । एकले अर्कोलाई खराव देख्छन्, आलोचना गर्छन् ।
देशभक्ति, राजतन्त्र र हिन्दुराष्ट्रका लागि आन्दोलित हुनेहरुमा मुख्य छन्–
कमल थापा–डा.प्रकाशचन्द्र लोहनी –पशुपति शमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, केशर बहादुर नेतृत्वको राष्ट्रिय शक्ति नेपाल, किशोरी महतोको नेतृत्वको प्रजातान्त्रिक गठबन्धन, केवी रोकायाको नेतृत्वको बौद्धिक मञ्च, हेमविक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज, चन्द्रबहादुर रामनाम नेतृत्वको राष्ट्रबादी नागरिक समाज, सन्तोष सिलवाल नेतृत्वको वीर गोर्खाली नेपाली, पशुपति खड्का नेतृत्वको शाही युवाशक्ति, देवप्रसाद त्रिपाठी नेतृत्वको मातृभूमिका लागि नेपाली, बालकृष्ण न्यौपाने, द्वारिकानाथ ढुंगेलहरुको नेतृत्वको नेपालका लागि नेपाली, जनकलाल साही नेतृत्वको नेपाल राष्ट्रबाद संघ, प्रवचन सिंह नेतृत्वको सरोकार मञ्च, अनिलबाबा बस्नेत नेतृत्वको शिवसेना, विष्णु प्रसाई नेतृत्वको पशुपति सेना, शेखर जंग रायमाझी नेतृत्वको पुनरुत्थानवादी पार्टि, प्रकाश कोइराला नेतृत्वको नेपाली कांग्रेस राष्ट्रबादी, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रे्रेस वीपी, उमा हिमा नेतृत्वको राष्ट्रबादी पार्टी, श्याम थापा नेतृत्वको राष्ट्रबादी केन्द्र, मनमोहन सिंह जबरा नेतृत्वको देशभक्त लोकतान्त्रिक पार्टी, सोभाराम थापा नेतृत्वको ३३ दलीय मोर्चा, विष्णु भट्टराई–तारा लुइटेल नेतृत्वको सनातन हिन्दुराष्ट्र नेपाल, निक्ष शमशेर जबराको हिन्दुराष्ट्र महाभियान, अस्मिता भण्डारीको विश्वहिन्दु महासंघ, डा. मनोजकुमार झाको तराई जनतान्त्रिक मोर्चा, सागर थापाको राष्ट्रबादी केन्द्र, ठाकुरमोहन श्रेष्ठको नेतृत्वको नेपाल नागरिक अभियान ।
लक्ष्य, उद्देश्य एउटै छ तर एउटै आवाज, एउटै लहरमा उभिन कोही तैयार छैनन् । झण्डै ३० संस्थाहरु यसरी एक्लाएक्लै  स्थापित लोकतान्त्रिक गणतन्त्रसँग लडिरहेका छन् । राजतन्त्र ल्याउन सडक तताइरहेका छन् ।
जसरी सात राजनीतिक दल र माओवादीसमेत मिलेर जनआन्दोलनको एजेण्डाबिपरित, २०६३ वैशाख ११ गतेको सहमति तोडेर राजतन्त्र फाले, हिन्दुराष्ट्र मिल्काए, त्यसबाट शिक्षा लिएर यी सबै व्यक्ति र संस्थाहरु कहिले एकजुट होलान् ? जबसम्म यिनमा एकताको शक्तिको ब्रम्हज्ञान आउने छैन, राजतन्त्र र हिन्दुधर्म स्थापित गर्नु भनेको सोम शर्माले देखेको सपनाजस्तो मात्र हुनेछ भन्छन् विश्लेषकहरु ।