Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रअ र सेनापतिले के लिएर आए, के लिएर गए ?

२४ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

काठमाडौं । पहिले रअ प्रमुख सामन्त कुमार गोयल २ दिने भ्रमणमा आए, त्यसपछि भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे आए अनि मानार्थ महारथी दर्जा हासिल गरेर फर्किए ।
प्रधानमन्त्री स्तरमा पनि नेपाल भारतवीचका सम्बन्ध सुमधुर बनाउने विषयको उठान भयो, प्रधानसेनापति स्तरमा पनि सैनिक सम्बन्ध मजबुत पार्ने र नेपाल–भारतवीचका समस्या सुल्झाउन सैनिक कूटनीतिको सम्वाद भएका छन् ।
महारथी दज्र्यानी चिन्ह प्रदान गर्ने राष्ट्रपतिले अव सम्बाद सुरु गरौं भन्ने सन्देश दिएको समाचार आयो ।
अर्थात नेपाल–भारतवीचको सम्बादहीनताको चिसो हटेको छ । स्थल सेनाध्यक्षले जसजसका लागि भारतीय प्रधानमन्त्रीको पत्र बोकेर आउनु भएको थियो, तत् तत् व्यक्तिको हातमा पुगिसकेको छ र नेपालको सन्देश मोदीसमक्ष पुग्याउने बताएका छन् ।
राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालका अनुसार सेनाध्यक्ष नरभणेले ‘द्विपक्षीय कूटनीतिक शिष्टाचार आदान–प्रदान भयो । सम्बन्ध थप सुदृढ गर्नुपर्छ, बलियो बनाउनुपर्छ भन्ने राष्ट्रपतिज्यूको भनाइमा उहाँले सहमति जनाउनुभयो ।
स्मरणीय छ, नाकावन्दीका बेलामा पनि सैनिक कूटनीतिले काम गरेको थियो, अहिलेको सीमा समस्याका बारेमा पनि सैनिक कूटनीतिले अर्थ राख्ने सैन्यविदहरुले आशा प्रकट गरेका छन् । कतिपयले रअ र सेना प्रमुखको भ्रमणको बिरोध जनाए पनि यस्ता भ्रमणमा नेपालले अधिकतम उपयोग गरेमा कूटनीतिक लाभ लिनसक्ने बलियो धारणा देखिन्छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले छोड्नुपर्छ भन्ने नेपालको नक्सासमेतको बिबादमा भारतले बेवास्ता गर्दै आएकोमा सैनिक कूटनीति बढी प्रभावकारी हुनसक्ने स्पष्ट छ ।
खासगरी नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतका सेनाध्यक्ष नरभणेवीचको गत बिहीवारको वार्ता महत्वपूर्ण मानिएको छ । सैन्य स्तरमा दुबै देशका थाँतीरहेका विषयहरु सम्बादका माध्यमबाट टुङ्गो लगाउनु पर्नेमा दुबैपक्ष सहमत भएका छन् । नेपाली सेनाले केही मास्कहरु उपहारमा दिएको छ ।
यो भ्रमणपछि आगामी महिना दिल्लीमा परराष्ट्रमन्त्री स्तरीय वार्ता हुने भएको छ । नेपालका प्रधानमन्त्री जान नसक्ने र भारतका प्रधानमन्त्री आउन नसक्ने स्थितिमा सुरक्षा संयन्त्रलाई सक्रिय पारेर सम्बन्ध सुधारमा लाग्नु दुबै देशका लागि उचित थियो ।
०७३ माघ २१ देखि नेपाली सेनाको कूटनीति कारगर हुँदै आएको छ । यसपल्ट पनि अतिक्रमित भूमिका सम्बन्धमा भारतलाई मनाउन र नेपालले समस्याको शान्तिपूर्ण हल निकाल्न सैन्य कूटनीति नै निर्णायक हुने विश्वास गरेको छ । नेपाली जनमत एक भएका बेलामा भारतले नेपाली आशा र अपेक्षा तथा ऐतिहासिक प्रमाणहरुलाई नकार्न नसक्ला, आशा यस्तै छ, यस्तै गरौं ।