Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पदीय मर्यादा किन रहेन ?

२४ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

अधिवक्ता गंगा दहाल – -
एक त पद पाउन पार्टी संलग्न हुनैपर्ने, नातापाताको अथवा व्यभिचार हुनैपर्ने विवादहरु झ्याँङ्गदै गएका छन् । यो कदापि राम्रो कुरा होइन । नयाँ नेपाल बन्ने आशा र अपेक्षाका साथ जनताले जनमत दिएका हुन् । यो जनबललाई जनअपेक्षाको साँचोमा ढालेर अघि बढेमात्र लोकतन्त्र बलियो हुनसक्छ । जनताले पचाउन नसक्ने खालका अपाच्य कामकारवाहीले केही व्यक्तिले केही पाउलान्, लोकतन्त्र कमजोर हुने र जरा काटिने काम यहीँबाट सुरु हुने हो ।
डा.रामवरण यादव जनकपुरका नामी मौजावाला हुन् । उनका लागि राज्य ढुकुटीको भात नपाएर खानबिनाले मर्दैनन् । राज्यकोषको सुख सुविधा पनि उहाँलाई चाहिँदैन । उहाँले वीर अस्पतालमा बिरामी जाँचे उहाँको उचाइ बढ्ने देखिन्छ । किन रामवरण यादव कांग्रेस र सुविधाभोगी सोचबाट माथि उठ्न सक्नु भएन ? वर्तमान हाहाकारको समयमा समयले उठाएको अहं प्रश्न हो यो ।
विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्छ । महिलाका लागि त यो झन गौरवको विषय हो । राष्ट्रको अभिभावक महिला हुनु भनेको हरेक सन्तानको कल्याणको प्रत्याभूति पनि हो । तर उहाँ पनि पार्टी राजनीतिमा अल्झिरहनु भएको छ, स्वार्थकेन्द्रीत भएका आरोप पनि लागेका छन् । राष्ट्रको अभिभावकले पहिलेका राजा महाराजाले लिनेजस्तो सुख सुविधा लिएर उहाँमात्र बदनाम हुनुभएको छैन, लोकतन्त्र र नेकपाको राजनीतिमा समेत कुप्रभाव पार्दै गएको छ । ऐँजेरु लाग्नु भनेको रुखविरुवाका लागि समेत राम्रो मानिदैन, राजनीतिमा त आलोचना हुने ठाउँ नै दिनुहुन्न । राष्ट्रपति सुविधाभोगी र स्वार्थी हुनु भनेको लोकतन्त्रका लागि दुर्भाग्य भन्न थालेका छन् आमनागरिकहरु । यो कुरा उहाँले सुन्नुपर्छ । जनताको कुरा सुन्दा कोही सानो हुँदैन, सुधारिँदा उहाँकै उचाइ बढ्ने हो । तमाम महिला गणको पनि गौरव बढ्ने हो । चेतना र मर्यादा जरुरी छ हरेकका लागि ।
परिवर्तनपछिका हरेक प्रधानमन्त्री बिबादित भए । अहिलेका प्रधानमन्त्री त झन बढी बिबादित हुनुभएको छ । पार्टीभित्रमात्र होइन, सरकार सञ्चालनमा नै कमीकमजोरी रहेका अनेक उदाहरणहरु सार्वजनिक भइरहेका छन् । कदाचित प्रधानमन्त्रीले जनअपेक्षाअनुरा आफूलाई सञ्चालन गर्नु भएन भने ठूलो संकट आउनेवाला छ लोकतन्त्रमा । भविष्य प्रधानमन्त्रीको होइन, देश र लोकतन्त्रको भविष्यको चिन्ता बढेको देखिन्छ । विकास अहिलेको प्राथमिकता हुँदै होइन, अहिलेको प्राथमिकता लोकलाई कसरी बचाउने भन्ने हुनुपर्छ । लोक बाँच्न सक्ने बनाएपछिको पाइला भनेको विकासतिर हुनुपर्छ । समयले यसै भनिरहेछ ।
नेकपाका नेताहरु अहिले कुकुर बिरालाको झगडाजस्तो गरिरहेका छन् । यो झगडा गर्ने बेला होइन, सरकार फेर्ने बेला पनि होइन । यो समय भनेको खाना, तथा उपचारमा ध्यान दिने बेला हो । यतातिर सबैको ध्यान जाओस् ।