Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गाउँमा सिंहदरवार पुर्‍याउने युवा

२४ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

प्रधानमन्त्रीको पहिलो राम्रो काम–
प्रधानमन्त्रीले गत आइतवार चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष उत्तमबहादुर राउतलाई सिधै फोन गरेर वडाका समस्या, विकास र समृद्धिका बारेमा जानकारी लिनुभएछ ।
वडाअध्यक्ष राउतले वडाका समस्या, गरेका काम र वडाबासीको सहभागितामा प्राप्त गरेका उपलव्धिहरुको बेलिबिस्तार गर्न भ्याउनु भएछ । यो समाचार सानो होला । तर लोकतान्त्रिक व्यवस्था र गाउँपालिकासम्म सिंहदरवार पु¥याउने गुरुतर दायित्व बोकेका प्रधानमन्त्री र भुइँमा काम गर्ने वीचको सिधा सम्बाद ठूलो फड्को हो ।
तीनथाना अर्थात चन्द्रागिरी नगरपालिका वडा नम्बर १५, सिंहदरवार गाउँमा पुगेको पहिलो उदाहरणीय गाउँ हो । यो वडामा सडकको बिस्तार, प्रत्येक टोलमा सीसी टीभी, बुढाबुढी र बालबालिका सुस्ताउन, मनोरञ्जनका लागि जापानिज फूलसहितको भिराडिल खाइके साकुरा पार्क, अर्थोपार्जनका लागि कौशी तरकारी खेती, वडाका विद्यार्थीहरुका लागि शैक्षिक कोषसमेत सञ्चालनमा छन् । र, बुढा बुढीका लागि बेला बेलामा घरघरमै स्वास्थ्य सेवा, वडामा स्वास्थ्य क्लिनिक, सेवाग्राहीका लागि छिटोछरितो सेवा र जन्ममृत्यु दर्तादेखि धेरै प्रकारका सिफारिसहरु निशुल्क दिइएको छ । भ्रष्टाचारविहीन नमूना वडा हो यो । प्रधानमन्त्री स्तरमा एउटा वडाको काम र जनसहभागिताको विषय पुग्नु भनेकै सिंहदरवार गाउँसम्म पुगेको प्रमाण हो । यस्तो हुनुपर्छ लोकतन्त्र भनेको ।
यस्ता वडाअध्यक्षलाई दिनुपर्छ ‘नेपाल तारा’ सम्मान । तव न देशव्यापी युवा उत्साह जाग्छ, भ्रष्टाचार भाग्छ ।