Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

के सन्देश ल्याउलान्

१७ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष एमएम नरभने भोलि नेपाल आउँदैछन् । उनले ल्याउने सन्देश के होला ? यो विषयमा व्यापक बहस चलिरहेको छ ।
भनिदैछ, केही सैनिक सामग्री सहयोगका साथ नरभने आउनेछन् । रअप्रमुखले झें उनले पनि रणनीतिक मोदी मेसेज बोकेर आउने अनुमान राजनीतिक बृत्तमा छ । नेपाली सेनाले भनेको छ– भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तरता हो । जंगी अड्डाका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि तीन
दिवसीय भ्रमणमा आउन लाग्नुभएको हो । प्रवक्ताका अनुसार पहिलो दिन कुनै औपचारिक कार्यक्रम छैन, दोस्रो दिन सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने र सैनिक मुख्यालय जङ्गी अड्डामा सैनिक गारत निरीक्षण पश्चात प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ । सेनाका पिएसओज र रथीवृन्दसँग भेटघाट र छलफलको कार्यक्रम तय भएको छ । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्राँै दुई बैठकको सहमतिअनुरुप एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम छ ।
दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८औँ सेनापति हुनुहुन्छ । जङ्गी अड्डाबाट प्राप्त अभिलेखअनुसार सन् १९५० मा भारतीय सेनाअध्यक्ष केएम परिअप्पालाई पहिलोपटक मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो । नेपालका तर्फबाट प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले विसं २०२६ मा भारतीय सेनाको मानार्थ महारथी प्राप्त गर्नुभएको उक्त अभिलेखमा उल्लेख छ । भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी प्राप्त गर्ने वर्तमान प्रधानसेनापति थापा १४आँै सेनापति हुनुहुन्छ ।
सोही अवसरमा राष्ट्रपतिसँग उहाँको भेटवार्ता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सोही दिन भारतीय सेनाध्यक्षको सम्मानमा जङ्गी अड्डामा रात्रीभोज आयोजना हुनेछ । भ्रमणको तेस्रो दिन उहाँ शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुनुहुनेछ । रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले सोही दिन औपचारिक भेटवार्ता गर्नुहुनेछ । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।