Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गोप्य कुरा के हो ?

१७ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

‘रअ’विशेषज्ञ डा.शास्त्रदत्त पन्त–
सामन्तकुमार गोयल भारतका ‘रअ’ का बर्तमान प्रमुख हुन् । साधारणतया ‘रअ’ले छिमेकीलाई कमजोर बनाई राख्ने उपाय खोज्दछ ताकि त्यसबाट भारतको रक्षामा कुनै खतरा हुन नसकोस् । त्यसले रणनीति बनाएर अन्य एजेन्सी मार्फत काम गराउँछ ।
गोयल कार्तिक ५ गते बुधबार भारतीय बायुसेनाको जंगी बिमान आइएफसी ४६२० चढेर नेपाल आए र भारतीय भोटर आइडी देखाएर अथवा अधिकतम गोप्यता राखेर नेपाल प्रवेश गरेका थिए  । उनी सहित ९ जना त्यस टोलीमा थिए । सोही दिन उनी र अन्य २ जनासहित राती ९–१२ बिच प्रधानमन्त्री निबासमै प्रम केपी ओलीसँग कुनै सहयोगी नराखी गोप्य कुरा गरेका छन् । आएका ९ जना मध्ये तीनजनाले होटल द्वारिकामा र अर्का तीन जनाले होटल समिटमा अरु मानिसलाई पनि भटेका थिए । भेटेका सबै नेपालीले अति गोप्य राखेका छन्, भेटेकै हैन पनि भनेका छन् । ‘रअ’ प्रमुख आफै आउनु र कुरा गोप्य राख्नुले थप रहस्यमय भएको छ ।
‘रअ’ ले गुह्य खोजेर रणनीति बनाउँछ र तदनुरुप अन्य निकायले काम गर्दछन्, तर यसपाली ‘रअ’ प्रमुखले आफै नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्रीसँग भेटेको कुरा अनौठो, रहस्यात्मक र चाखलाग्दो बिषय भएको छ । नेपालमा ‘रअ’ले नेकांको २ पटकको सशस्त्र युद्ध, २०३६ सालको पञ्चायत पद्धति बिरुद्धको आन्दोलन, २०४६ सालको बिद्रोहमा सदा पराजित रहे पनि पश्चिमा इशाई मुलुकको सहयोग लिएर २०६३ सालमा उसले चाहे अनुसारको परिबर्तन गराउन सफल भएपछिको यो गोप्य बार्ता अत्यन्त रहस्यमय छ ।
भारतले यसबेला सर्दार बल्लभ भाई पटेलको नीति अबलम्वन गरेको छ । धारा ३७० हटाएर संरक्षित राज्य जम्मु काश्मिरलाई दुई प्रान्त बनाएर भारतमा मिलाएको छ । पाकिस्तानको असम्बनिधत कारण देखाएर सार्क संगठनलाई निस्किृय बनाएर, अनाबश्यक देखाएको छ । जम्मु काश्मिर सँगै नेपालको भूभाग समेत भारतीय नक्सामा राखेर नयाँ नक्सा प्रकाशन गरेको छ । नेपाली भूभागमा चीन जोड्ने ६० किमि भन्दा लामो सडक बनाएका ेछ । त्यस्को बिरोध गरेको नेपाललाई चीनको उक्साहटमा गरेको र सो भूभाग इण्डियाको हो भनेका भारतीय स्थलसेनाध्यक्षलाई नेपालको मानार्थ सेनाध्यक्षाको पदबी दिन नेपाललाई बाध्य बनाएको छ । चीन र पाकिस्थानसँग युद्ध गर्न तयारी अवस्थामा रहेको 
भारतले नेपाललाई गोरु मिचाइमा पार्ने त हैन भन्ने भय देखाएको छ । चीनसँग टाढिएर अमेरिकसँग नजिएको छ ।
उक्त रणनीतिमा नेपाल सामरिक महत्वको मुलुक हो । यो भूभागमा विश्व शक्तिका दुई प्रतिस्पर्धी मुलुक चीन र अमेरिकाको चासो छ । अमेरिका राजा महेन्द्र र राजा बीरेन्द्रको कुटनीतिक दूरदर्शीताका कारण नेपालमा छिर्न सकेको थिएन । इशाईलाई माध्यम बनाएर राजसंस्थालाई पतन गराएपछि एमसीसीको माध्यमबाट नेपाल प्रवेश गर्न चाहेको छ भने चीनले तिब्बत प्रान्तलाई अत्यधिक बिकसित र सम्पन्न बनाएर त्याहींबाटै केही नबोली चीलचक्षुले नेपाललाई नियालिरहेको छ ।
नेपालबारे भारतमा तीनचार थरिका भिन्नभिन्न बहस भएका छन् । नेपालको बिदेशीनीति उच्च भएकै कारण नेपाल सदा स्वतन्त्र र सार्बभौम रहेको हो । चीन र भारतले आँखा गाड्न नसकेका हुन् । अतः चीनसँग मिलेर नेपाललाई आधाआधा बाड्ने गरी यस्को अस्तित्व मेटाउनु पर्दछ भन्ने पनि छन् । यो कुरा २०४६ ताक बीबीसी जस्तो संस्थाले पनि सार्बजनिक गरेको थियो । अर्काथरी छन् नेपाल विश्वकै एक मात्र वैदिक संस्कार बोकेको अग्रणी हिन्दु अधिराज्य राष्ट्र हो, त्यसलाई जीवन्त बनाएर भारतलाई पनि हिन्दुराष्ट्र बनाउनु पर्दछ भन्ने । अर्का एकथरी नेपाललाई बिपन्न र कमजोर बनाई राखेर भारतका कही बिक्री नहुनेबस्तु बेचेर धन कमाउने थलो बनाउनुपर्छ भन्ने पनि छन् । यही नीति राख्नेको मार्गमा नेपालले सबै उद्योगधन्दा बन्दब्यापार भारतलाई बेचेर बहुमत हुनेगरी भारतीय नागरिकलाई भित्य्राएको हो । त्यो भन्दा चर्काे अवस्था के आयो, रहस्य त्यसैमा छ ।
कोभिड–१९को  बहाना देखाएर नेपालसितको सीमासमस्या बार्ता कोभिड पछि गर्ने भनेर मौन बसेको भारतले कोभिड उग्र भएको बेलामा नेपालसँग गोप्य बार्ता गर्नुपर्ने कारण के भयो । नेपालले यो बार्ता पनि कोभिडपछि भन्न किन सकेन ?  भारतीय स्थल सेनाध्यक्षलाई गरिने परपरागत सम्मान पनि कोभिडपछि भन्न किन सकेन ? अझ यी त महाकाली पूर्वको भूभाग पनि भारतकै हो भन्ने, चीनले उक्साएर नेपालले नक्सा बनाएको हो भन्नेलाई सम्मान किन गर्नु परेको हो ? प्रमले जनतालाई सही सत्य कुरा भन्नैपर्छ । नेपालमा उग्र कोभिड प्रभाव बढेको बेलामा भारतका ‘रअ’ प्रमुख भारतीय सेनाको हबाइजाहाज चढेर हतारहतारसँग आउनु अबस्य पनि ठूलो रहस्यको कुरा छ । गोयलको आगमन सिक्किममा पीओ पसेको रुपमा आएको प्रतित हुन्छ । उनका साथमा अन्य ८ जना उच्च बिज्ञहरु पनि आएका छन् । बिश्व साम्राज्य बनाउने अंग्रेज उपनिवेशलाई थेग्न सकेको नेपाललाई आजको युगमा थेग्न सकिन्न भन्ने नेपाली दलका शासकको सोच पानीमरुवा हो, अराष्ट्रिय हो, दूरदृष्टि अनि अक्षमपन हो ।
अबस्य पनि यो भेटबार्ता गोप्य रहँदैन । प्रमले गोप्य राख्न मिल्दैन । लोकतन्त्रात्मक शासन हो भने लोकको सामुन्य यथार्थ कुरा सार्बजनिक गर्नै पर्दछ । कुनै पनि सहायक नराखी ३ घण्टासम्म गरेकोवबार्ताको यथार्थ जानकारी नेपालीले जान्न चाहन्छन् । आत्मसमर्पणबादी लेण्डुप प्रबृत्तिको देखिएकोले दलका यस्ता मानसिकताप्रति नेपालीले स्वाभिमान कायम गर्न अब एक जुट हुनैपर्छ । यस्ता राष्ट्रघातीकामको प्रतिकार गर्ने पर्दछ ।