Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिले अपराधमा राजनीति,अहिले राजनीतिमा अपराध

१७ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

काठमाडौं । पर्सा बिन्दवासिनीमा नेकपाका माओवादी र एमालेवीच हानाहान भयो, पूर्व माओवादीका मुकेश चौरसिया मारिए । आरोपित राजकुमार गुप्ता भागिसकेका छन् । पार्टीभित्र माधव गुट र मातृका गुटका मान्छेले मारेको आरोप प्रत्यारोप चलिरहेको देखिन्छ । पर्सा प्रहरीमाथि यो मामिलामा गृहमन्त्रीको आदेशमा अपराधी बचाउन लागेको आरोप छ ।
मातृका यादव भन्छन्– अपराधीहरुलाई बचाउने काम भएको छ । अनि तिनै अपराधी मानिस नेता बनेर हिंडेको छ । मैले यो विषयमा नेताहरुलाई भनिरहेको छु । निवेदन नै हालेको छु । यो कम्युनिष्टको संस्कार होइन यसले कम्युनिष्टलाई पातालमा पु¥याउँछ भन्दै आएको छु ।  ‘कमरेड’को हत्या गर्ने हत्यारा कसरी ‘कमरेड’ हुन्छ ? सत्तारुढ दलका कार्यकर्ताको हत्या हुँदा न्याय पाउँदैन भने जनताले के आश गर्ने, अब ?
गुट वा गिरोहले सरकार चलाएपछि यस्तै हुन्छ । पार्टीले सरकार चलाउन पर्ने हो । तर, त्यसो भइरहेको छैन । सत्तारुढ दलमा के भइरहेको छ सबैलाई थाहा छ । के भन्नु मैले ? जनताले यही कार्य गर्न कम्युनिष्ट नेतृत्वलाई सत्तामा लागेको होइन ? यो सरकार बनेपछि यस्तो हुन्छ भन्ने सोच पनि थिएन । जनतामा किन निराशा छाएको छ नेतृत्वमा बस्नेले सोच्नु पर्दैन ? जनताको सरकार भएको आभास दिन सक्नुपर्छ । हामीले बुझ्नै पर्छ, ‘कमरेड’को हत्या गर्ने हत्यारा कसरी ‘कमरेड’ हुन्छ ? त्यसमा सरकारले गम्भीर छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ । प्रहरीमा रहेर जाहेरी नलिनेलाई पनि यसै छाड्ने छैनौं । नेतृत्वले सामान्य नठानोस् ।