Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अभिभावक बन्ने हिम्मत निकालौं

१० सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

काठमाडौं । बडादशैंको सन्देशमा पूर्वराजाले भन्नुभएको छ– ‘भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन् । वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको छ ।’ देश निर्माताका सन्तानलाई देश र जनताको दयनीय अवस्था देखेर पीडावोध हुनु भनेको मानवीयताको प्रश्न पनि हो । तर त्यो पीडावोध हल्का पार्न, हटाउने हिम्मत पनि देखाउनु पर्छ, हे वीर पुर्षाका सन्तान हिम्मत देखाउनोस् ।
पूर्वराजाले पन्चबली दिने बेला आयो । पन्चबली अर्थात बलिदान– रिस, डाहा, अहंकार, लोभ, हिंसाको त्याग । मान्छेले यति बलिदान गर्न सक्यो भने राम हुनसक्छन् । पूर्वराजालाई अमर हुने अर्को अवसर छ ।
पूर्वराजाले भन्नुभएको छ–  ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ । प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं, विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुनेसकेन । आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ । विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन्, देशभित्र उनीहरूको श्रम, सीप र सामथ्र्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त छैन । देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ । 
... समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन् । नेपाललाई चिनौं, नेपालीलाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं । नेपालकै हितका खातिर र नेपाली शैली अंगालेर उज्यालो बाटोतिर लैजाऔं ।
समयको आवाज, सोह्रै आना सही विचार । अव देखिनुपर्छ पूर्वराजाको त्याग र बलिदान ।