Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उनी किन आए प्रधानमन्त्रीजी ?

१० सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

काठमाडौं । रअ प्रमुख सामन्तकुमार गोयल गत बुधवार एकदिनका लागि आए, केही व्यक्तिलाई भेट्नकै लागि अर्कोदिनमात्र फर्किए । रअ प्रमुखले भारतका प्रधानमन्त्रीको दूतका रुपमा मेसेज लिएर आएको सरकारको दावी छ, मेसेज लिएर आएका व्यक्तिले केही नेतालाई किन भेटे,  जनताले थाहा पाउनु नहुने कुन त्यस्तो मेसेज थियो, जसलाई दिन २ घण्टा ५५ मिनेट लामो भेटवार्ता गर्नुप¥यो ?
नेपालको सीमा अतिक्रमण भएको बिबाद चुलिएको बेलामा मेसेज आउनुपर्ने थियो कि भारतले नेपालसँग टेबुल टक गरेर समस्याको समाधान निकाल्नुपर्ने थियो, यसबारे सरकार मौन छ ।
रअ, भारतको सबैभन्दा खतरनाक सुराकी संस्था हो । त्यसमाथि जंगी जहाज नै चढेर आएका रअ प्रमुखले नेपाललाई तर्साउन आएका हुन् कि संशय अनेक उठेका छन् ।
हो, प्रधानमन्त्रीका दूत आउनु, टेलिफोनपछि मेसेज लिएर आउनु सही होला । नेपालले अनुमति दिएरै आएका पनि होलान् । मुख्य सवाल, २ हप्ताअघि उपप्रमुख र अहिले प्रमुखले भेट्नु भनेको कालापानी, लिम्पियाधुरा, लिपुलेकका सम्बन्धमा विशेष प्रस्ताव आएको हुनुपर्छ । त्यसमाथि तेश्रो हप्ता आउने स्थलसेनाध्यक्ष नरभणेले पनि केही न केही मेसेज लिएर आउनसक्छन् । राजनीतिले कोल्टे फेर्दे त छैन ?