Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

उर्जा विकासमा ओवामा सहयोग अगाडि सरे

२३ बुधबार , पौष २०७११२ बर्ष अगाडि

अमेरिकी विकास नियोग युएसएआईडीका मिसन डाइरेक्टर वेथ डनफोर्डको टोली नेपालको उर्जा विकासमा वित्तीय र प्राविधिक सहयोग दिन अगाडि सरेको छ। भारतका प्रम मोदी र चीनका विदेशमन्त्रीको भ्रमणपछि अमेरिका यसरी अघि आएको हो। यो प्रस्तावलाई राष्ट्रपति बाराक ओवामाको विशेष पहलका रुपमा हेरिएको छ। नेपालले विद्युत उत्पादन द्रुतगतिमा अघि बढेकोले प्रशारण लाइनमा सघाउन आग्रह गरेको छ। अमेरिकालाई नेपालले विद्युत व्यापार सम्झौता, पञ्चेश्वर र अन्य आयोजनाबारे जानकारी गराएको छ। \