Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विश्वको ध्यान अव अमेरिकी राष्ट्रपतिको चुनावतिर

०३ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

कार्तिक १८ अर्थात नोभेम्बर ३, अमेरिकी राष्ट्रपतिको निर्वाचनको दिन ।
डेमोक्र्य्राट जो बाइडेन र रिपव्लिकन वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दुवै सम्पूर्ण शक्ति लगाएर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न कस्सिएर लागेका छन् । विश्वका चुनाव विज्ञहरु भन्छन्– यसपल्ट निर्वाचन परिणाम यसै भन्न सकिनन ।
ऋल्ल्, ऋल्द्यऋ, ःक्ल्द्यऋ, ध्बकजष्लनतयल एयकत, ल्भध थ्यचप त्ष्mभक जस्ता शक्तिशाली मिडियाहरु समेत वर्तमान राष्ट्रपतिलाई हराउने अभियानमा लागेको देखिन्छ । ल्भधक सहितका केही मिडियाहरू भने ट्रम्प निरन्तरता दिनुपर्ने पक्षमा वकालत गरिरहेका छन् । अघिल्लो चुनावमा हिलारी क्लिन्टनले अत्यधिक बहुमतका साथ राष्ट्रपति बन्ने वकालत गरेर पछारिएको ँयह ल्भधक यसपटक भने खासै चर्चामा छैन ।
अमेरिकाजस्ता विश्वशक्ति मुलुकमा समेत चुनावमा कसलाई जिताउने र कसलाई हराउने भन्ने विषयमा विदेशी प्रभाव देखिएको छ । अघिल्लो निर्वाचनमा रुसले ठूलै भूमिका खेलेर ट्रम्पलाई जिताएको विषयमा बहस जारी नै छ । यसपटकको निर्वाचनमा ‘चाइनिज भाइरस’ भनेर चीनसँग कूटनीतिक, व्यापारिक द्वन्द्व चर्काएर चीनको इज्जतमाथि खेलबाड गरेको रिस चीनले फेर्ने अनुमान गरिएको छ । चीन फेक्टरले ट्रम्पलाई हराउन मद्दट गर्ने निश्चित छ । यद्यपि उपराष्ट्रपतिका महिला उमेदवार भारतीय मूलकी कमला ह्यारिसका कारण जोन बाइडेन बढी बलिया बनेका छन्, यसकारण पनि ट्रम्पलाई जित्न मुस्किल पर्नेछ । तर ट्रम्प भने चुनावी सभाहरुमा जित पक्का भनेर नाच्न थालेका छन् ।
यसकारण पनि ट्रम्पलाई हराउन जो बाइडेनलाई मुस्किल छ । साह्रै आलोचित भए पनि राष्ट्रपतिको पदमा बसेर चुनाव लडेकाले अमेरिका फस्ट भन्ने नारामै भए पनि स्थापित गरेकाले ट्रम्प भित्री रुपमा बलिया मानिन्छन् । अमेरिकाको चुनावले नेपालमा पनि तरङ्ग ल्याएको छ । चर्चा बढेको छ । कोही प्रचण्ड, कोही ओली र कोही देउवावादीहरु पनि जो बाइडेन र ट्रम्पतिर लाग्दै यो हार्छ र यो जित्छ भन्नेजस्ता तर्क बितर्कमा उत्रेका देखिन्छन् । उनीहरु निकट पत्रिकाहरु पनि ट्रम्प वा बाइडेनलाई जिताउने प्रचार गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय समाचार हेर्दा देखिन्छ– निर्णय अमेरिकी जनताको हो । उनीहरुले जसलाई जिताए पनि साह्रै कम अन्तरले जित हार हुनेछ । अमेरिकी मतदाताहरुले आफ्ना मत धमाधम जम्मा गराइरहेका छन् । कोभिड १९ कारणले पनि अग्रिम मतदान गर्नेहरुको अनुशासित मतदान गर्ने भीड राम्रैसँग देख्न सकिन्छ ।
राष्ट्रपति जसले जिते पनि अमेरिकाको नेपाललाई हेर्ने दृष्टिकोणमा खासै अन्तर पर्ने देखिन्न । नेपाल अमेरिकाको सम्बन्ध यसैगरी अघि बढ्ने पक्का छ ।