Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाललाई थिच्ने को, मिच्ने को ?

२६ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

नेपालको दौत्य सम्बन्ध चीन र भारतसँग भन्दा पहिला बाह्य जगतसँग थियो ।
काठमाडौं । नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष तथा राजनीतिक विश्लेषक प्रेमसागर पौडेलले भन्नुभएको छ– पश्चिमाहरु नेपाली भूमिलाई प्रयोग गरेर चीन र भारतवीच द्वन्द्व मच्चाउने योजनामा छन् । हुम्लाको ११ नम्बर पिलर हरायो भनियो, चीनले नेपाली भूमि मिच्यो भनियो, पिलर फेला परेपछि १२ नम्बर पिलरको बिबाद झिकियो, यसको उद्देश्य नेपालको छिमेकीसँग सम्बन्ध राम्रो नहोस् भन्ने नै हो । चीन र भारतलाई मिल्न नदिने, नेपालमा अस्थिरता बढाइदिने, नेपाललाई बिबादमा अल्झाइरहने उद्देश्य भएकाले नेपालको राजनीतिमा बाह्यशक्तिले चलाउने प्रयास भइरहेको देखिन्छ ।
नेपालको सम्बन्ध चीन र भारतसँग भन्दा पहिला ाबह्य जगतसँग थियो । पहिले नेपाल भारत बेष्ठित थियो । पश्चिमाले भारतका नेता, समूह, शासकलाई प्रयोग गरेर नेपालमा अस्थिरता, नेपालको सम्बन्ध बिगार्ने, अशान्ति बनाउने पश्चिमाका अनेक प्रयत्नहरु देखिन्छन् । पञ्चायतकालदेखि नै नेपाली नेतृत्वमा पश्चिमाको प्रभाव बढ्दै आएको छ । अहिलेको जुन विवाद छ, त्यो कृत्रिम हो । सरकारले नै भनिसक्यो– चीनले सीमा मिचेको छैन, जुन संरचना चीनले निर्माण गरेको छ, त्यो चिनियाँ भूमिमै निर्माण भएका हुन् ।
भारतको उक्साहटमा पश्चिमाबाट छात्रबृत्ति, जाने 
अनुमति, आर्थिक लाभबाट प्रेरित भएर तिनका लागि काम गर्ने केही स्थानीयले बोलेको र त्यसैमा धारणा बनाएर कांग्रेसले समेत विज्ञप्ति निकालेको हुनसक्छ । पछि सुने, स्थानीय नेताहरुले माफी पनि माँगेका छन् । रह्यो ११ र १२ नम्बर सीमास्तम्भको सवाल, को त्यहाँ गयो, यस्तो प्रतिकूल अवस्थामा कसले फोटो खिच्यो, त्यो वास्तविक फोटो हो कि बिबाद खडा गराउने प्रपञ्चमात्र हो ? यस सम्बन्धमा ग्रेटर नेपाल भन्ने संस्थाले नापी विभागमा निवेदन दिएको समाचार आएको छ । यस सम्बन्धमा नापी विभागले बोल्नुपर्छ– सत्य के हो ? छानबिन हुनुपर्छ ।
हिजो लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतले मिचेको विषयमा कुरा उठ्दा चीनको इन्ट्रेष्टमा नेपालले बोलेको भनियो । आज हुम्लाको विषयमा चीनले नेपाली भूमि मिच्यो भनिएको छ । नेपाल चीनको इसारामा चल्ने भए एमसीसी किन संसदमा गयो त ? बजेटमा उल्लेख गरियो ? पाँचतारे होटलमा अफिस खोलियो ? ३२ स्थानीय निकायमा अन्तरक्रिया कसरी सम्भव भयो ? जबकि पास भएकै छैन, यो त सरासर राष्ट्रघात पनि हो । साँच्चै भन्ने हो भने एमसीसीले भारत र चीनलाई असर गर्छ र्।