Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पशुपति विकास कोषमा ठूलो अपराध

२६ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

 काठमाडौं । पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले कोषलाई भर्ती केन्द्र बनाउन थालेका छन् । उनले माथिको निर्देशनमा ४३ जनालाई अन्तर्वार्ताको बहानामा जालझेल गरेर भर्ना गर्न खोजेपछि कोषमा व्यापक असन्तुष्टि बढेको छ । कोरोनाका कारण आम्दानी छैन, कर्मचारी के कामका लागि थप्न खोजेको ढकालसँग कुनै कारण छैन । भएकै कर्मचारीले पर्याप्त काम नपाएको अवस्थामा माथिलाई खुश पार्न यसरी भर्ती केन्द्र बनाउनु ठूलो अपराध हो । पशुपति विकास कोष पनि नेता विकास कोष, भ्रष्टाचार कोष बन्नपुगेको छ ।
पशुपति विकास कोषका सदस्य सचिवले बहिर बाहिर भेटेर पशुपति क्षेत्रमा राख्न लागिएको थ्री डी लाइट ठेक्कामा कमिशन बजाएको चर्चा पनि व्याप्त छ ।
यी तिनै ढकाल हुन्, जसले भारतले दानमा बनाइदिएको धर्मशालालाई कमिशनकै लागि होटल बनाइदिए । पशुपतिका जग्गा, भवन, सम्पत्ति, जग्गाका बालुवा ठेक्कामा समेत खाने व्यक्तिले धार्मिक क्षेत्रलाई अपराध क्षेत्र बनाइदिएका छन् । यिनले कार्यकारी निर्देशकलाई हातमा लिएर भ्रष्टाचार गरिरहेका छन् ।