Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

उत्तर कोरियाली दूतावासमा स्वागत समारोह

२१ बुधबार , आश्विन २०७७६ बर्ष अगाडि

असोज २१, काठमाडौं । प्रजग कोरिया मजदूर पार्टीको ७५औं वर्षगाँठको उपलक्ष्यमा महामहिम राजदूत जो योङ मानले एक स्वागत समारोहको आयोजना गर्नुभयो ।
यस कार्यक्रमको मुख्य अतिथि हुनुहुन्थ्यो, नेकपाका बरिष्ठ नेता तथा भूपू प्रधानमन्त्री माधवकुमार नेपाल ।
मजदूर पार्टीको संस्थापक महाननेता राष्ट्रपति किम इल सुङ् र पार्टीलाई सोही मार्गमा अघि बढाउने किम जोङ इलप्रति हार्दि श्रद्धाञ्जली दिदै कोरियाली जनताका सर्वोच्च मार्सल किम जोङ् उनप्रति कोरियाली मजदूर पार्टीको अझ बढी सवल नेतृत्वका खातिर विश्वमा सवल र सक्षम समाजवादको स्थापनार्थ र समृद्ध कोरियाको निर्माणको लागि उपस्थित सबैले हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त स्वागत समारोह कार्यक्रममा नेपाल पत्रकार संघका सभापति मञ्जुरत्न शाक्य, नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेल, संगुन नीति अध्ययनका लागि गठित नेपाल संगठनका अध्यक्ष मानिक लामा, नेपाल–कोरिया मैत्री संघका महासचिव फणिन्द्र पन्त, नेपाल–कोरिया साहित्य समाजका अध्यक्ष शंकर भारती, कोरियाको शान्तिपूर्ण एकीकरणका लागि संगुननीति अध्यनार्थ गठित अन्तर्राष्ट्रिय समिति नेपालका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, बरिष्ठ पत्रकार राजन कार्की र विभिन्न दलका नेताहरुको समेत उपस्थिति थियो ।
उक्त कार्यक्रममा आधुनिक समाजको समुन्नतिका लागि समाजवादको विकल्प छैन भन्ने धारणा बरिष्ठ नेता माधवकुमार नेपालको थियो भने महामहिम राजदूत जो योङ मानले प्रजग कोरियाप्रति देखाएको सद्भाव, बाह्य हस्तक्षेप बिना स्वतन्त्र र शान्तिपूर्ण पुनर्एकिरणका लागि नेपाल सरकार र नेपाली जनताले देखाएको समर्थन लागि हार्दिक धन्यवाद दिदै सुखी नेपाली र समृद्ध नेपाल बनाउने नेपाल सरकारको चाहना पूरा होस् भन्ने चाहन्छु भन्नुभयो ।