Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दार्चुलामा पहरा फोड्दै नेपाली सेना

१९ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । दार्चुला, खलङ्गा र व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्कर जोड्ने घोडेटो बाटो नेपाली सेनाले स्थानीय सहयोगका साथ सम्पन्न गरेको छ । कडा मेहनतका साथ पहरोसँग लाप्पा खेल्दै नेपाली सेना भगिरथ प्रयत्नले ४ महिनामा यो काम सकिएको हो । सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार २ मिटर चौँडा र ५ सय ५० मिटर लामो यो बाटो बनाउन ८ लाख खर्च भएको छ । दुःखको कुरा यो बाटो बनाउँदा एकजना सैनिकले वीरगति प्राप्त गरे ।
यो घोडेटो खलङ्गादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका ९० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ६० परिवारलाई बसाइँ सर्न अव कुनै समस्या पर्नेछैन । भारतीय सीमा नजिकको छाङरु गाउँ तथा तिब्बत सीमा नजिकको तिङ्कर गाउँमा शौका समुदायको बसोबास छ । उनीहरु हिउँदमा कात्तिकदेखि चैत महिनासम्म दार्चुला सदरमुकाम खलङ्गा बसाइँ सर्ने तथा हिउँ पग्लेपछि गर्मी यामको वैशाखदेखि असोजसम्म व्यास क्षेत्र उक्लिने गर्छन् ।
यसरी सेनाले बाटो बनाउन लाग्दा भारतले सीमा बन्द गरेको थियो, अव भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । नेपाली सेनालाई जिम्मेवारी दिएपछि यसैगरी पूरा गर्दै आएको छ ।
तर उता गलवानमा चीनविरुद्ध गोर्खा फौज खटाएको भारतले लिम्पियाधुरासम्म फौज थुपार्न थालेको छ । सरकार नक्सासहितको पुस्तक समेत लुकाएर भारतीय हस्तक्षेपलाई किन हो टुलुटुलु हेरेर बसेको देखिन्छ ?