Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यो कस्तो धर्मनिरपेक्ष देश हो ?

१९ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडाँैं । यो कस्तो धर्मनिरपेक्ष संविधान हो कुन्नी, यसपल्ट पनि कर्मचारीहरुले दशैं पेश्की पाउने भएका छन् । दशैंमा बिदा पनि दिइएको छ । हुन त शिवरात्रि, इन्द्रजात्रा, मच्छिन्द्रनाथको जात्रालगायतका कुनै जात्रा रोकिएका छैनन्, सरकारले बजेट दिइरहेकै छ । कम्युनिष्ट भनिने शासकहरु पनि यी जात्रा, पूजाआजा र भोजभत्तेरमा गइरहेकै छन्, प्रसाद लाइरहेकै, खाइरहेकै छन् ।
यसपाली पनि फूलपाती भित्र्याइने छ, बढाइँ पनि हुनेछ । हिन्दु संस्कार र प्रचलन कमी आएको छैन । यहाँसम्म कि दोलखा भीमसेनलाई पसिना आउँदा राष्ट्रपति र प्रधानमन्त्रीले क्षमा पूजा पठाए । प्रसाद लगाए । प्रधानमन्त्री बालुवाटार छिर्दा कालोबोको चढाउने प्रचलन पनि कायमै छ । यहाँसम्म कि बसन्त पञ्चमीमा कृष्ण राधाको प्रेमालाप श्रवण गर्नसमेत जान्छन् । अर्थात अरुले त ठिकै हो, कम्युनिष्ट नामधारीले पनि ढोंङ् गरिरहेकै छन् । बरु नेकपाले कम्युनिष्ट हटाएर देखाए राम्रो हुनेथियो । किनकि हिन्दुत्व फाल्ने आँट र हैसियत अव यिनमा छैन ।