Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बैकल्पिक शक्ति बन्न तैयार तीन

१९ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । संवैधानिक राजतन्त्रसहितको लोकतान्त्रिक व्यवस्थाका पक्षमा फुटेको राप्रपाका तीन भाइ जुटेका छन् । कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबराले एकै स्वरमा भनेका छन्– अवको बैकल्पिक शक्ति भनेको राप्रपा हो । लामो समय चुनाव चिन्ह र पार्टीको झण्डामा लफडा गरिरहेका यी तीन भाइले हलोलाई चुनाव चिन्ह बनाएर गाईचिन्हलाई झण्डा स्वीकार गरेका छन् । विभिन्न पार्टी छाडेर राप्रपा भित्रिनेहरुको लर्को पनि लाग्न थालेको देखिन्छ । गाउँ, जिल्ला जिल्लामा संगठन बिस्तार अभियान पनि चलेको छ ।
डा.लोहनी स्पष्ट राजतन्त्रवादी हुनुहुन्छ भने कमल थापाले हालै भन्नुभएको छ– राजतन्त्र नभए देशको अस्तित्व संकटमा पर्छ । पशुपति शमशेर जबराले टीभी अन्तर्वार्तामा ०६५ सालपछि पहिलोपल्ट भन्नुभयो– राजा परमेश्वर हुन्, नेपालमा राजतन्त्रको विकल्प छैन । अव भने राप्रपा मेनरोडमा आइपुग्यो ।