Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

डा.गोविन्दलाई नन्दप्रसाद बनाउने खतरा

१२ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । यो टिप्पणी कांग्रेसी नेता रामचन्द्र पौडेलेको हो । डा.गोविन्द केसीले प्रधानमन्त्री नै माँगेजस्तो पो भयो । ५ अर्वको भ्यूटावर बनाउन हुने, सुदूर पश्चिममा एउटा मेडिकल कलेज बनाउन, मेडिकल शिक्षाको व्यवस्था मिलाउन नहुने किन होला ?
सम्भव भएसम्म माँगहरु पूरा गरिदिँदा डा.गोविन्द केसीको भन्दा पनि सरकारकै लोकप्रियता बढ्ने थियो । आखिर एमाले, माओवादीको घोषणापत्रकै माँग न हुन् । मेडिकल शिक्षालाई माफिपयाकरण गर्दा नेकपाकै हुर्मत गइरहेको छ, किन नबुझेको ?
नेकपाले जानेको भए डा.केसीको माँगभन्दा पनि अघि बढेर जनमुखी नीति, नियम र थिति बसाल्नुपथ्र्यो । बिधिको शासन स्थापित गर्ने ठूलो अवसर गुमाइरहेको छ नेकपा नेतृत्वको सरकारले । एकजना डाक्टरको लोकप्रियताजति पनि दुईतिहाइको सरकारको लोकप्रियता नहुनु भनेको नेकपाको नेतृत्वको लागि योभन्दा दुर्भाग्य अरु के हुनसक्छ, नेकपाको थिङ्क टेंङ्क कस्तो खालको होला भनेर बुद्धिजीवीहरुले प्रश्न उठाइरहेका छन् ।