Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कोरोनाको जाँच कि प्रलय ?

१२ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । त्यसै पनि राजधानीमा कोरोना संक्रमण र मृत्युदर डरलाग्दोसँग बढेर गएको छ । संक्रमित २५ हजार पुग्यो भने फेरि लकडाउन हुने चर्चा बाक्लिएर गएको छ । यसैवीच सरकारले नाइटबस चलाउन अनुमति दिएपछि नेपालमा रोजगारी गर्ने तराई र भारतका सिकर्मी, डकर्मी, ज्यामी, अन्य मिस्त्रीहरु ह्वारह्वार्ती भित्रिएका छन् । सरकारले डेराबाट ननिकाल्नु, पीसीआर रिपोर्ट नमाँग्नु भनेर सूचना नै जारी गरेको छ । तैपनि घरधनीहरुले डरामा राख्न नमानेपछि दिनहुँ टेकु अस्पतालमा हजारजना भन्दाको बिहान
 ४ बजेदेखि यसरी घच्चमघच्चा लाइन लाग्ने गरेको छ । यो दृश्य प्रलय आउनुअघिको जस्तो लाग्छ । स्वास्थ्य मन्त्तालय डिस्टान्स मेन्टेन गर्न, मास्क लगाउन सूचना जारी गरिरहेको छ, स्वास्थ्य अन्तर्गतको अस्पतालको दृश्य यस्तो देखिन्छ ।
समाजमा फैलिसकेको कोरोना संक्रमणले अव राजधानीको समाजलाई कस्तो बनाउला ? राजधानीबाट गाउँ गाउँ जानेहरुले कति बचेर दशैं तिहारमा घर जालान् ? सरकार प्रहरीजति जुलुस र अनसनकारीलाई तह लगाउन खटाएको छ, जहाँ सुरक्षाकर्मीको बढी आवश्यकता छ, त्यहाँ खटाउँदैन, कस्तो अदूरदर्शी सरकार होला ? के सरकार कोरोना फैलाउन चाहन्छ ?