Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

विप्लवसँग कति बन्दूक छन्?

२३ बुधबार , पौष २०७११२ बर्ष अगाडि

विप्लवले नेकपा (माओवादी) हतियार उठाउने संकेत गरेर युवाहरुलाई चितवन र परासीको जंगलमा तालिम दिएर दाङ पुर्‍याएपछि एमाओवादी, नेकपा–माओवादी र सरकार विप्लवको फौजी ताकत मापन गर्न थालेका छन्। गोप्य स्रोतका अनुसार प्रचण्डले लडाकाको हतियार बुझाउने बेलामा खोलाले बगायो भनेका ३ हजार थान हतियार विप्लवको हातमा छ। त्यही हतियारका साथ विप्लवले अर्धभूमिगतबाट भूमिगत भएर विद्रोह गर्ने सुरु गरेका छन्। ३ थान राइफलले १७ हजार मार्नेहरुले लडाकाले लुकाएको, नेताको सुरक्षाका लागि बाहिरै राखिएका, बिस्फोटक र अन्य घातकलगायतका ३ हजार हतियारबाट कति मार्लान्? भयको सनसनी फैलिएको छ। यसैवीच विप्लवलाई अन्तर्राष्ट्रिय सहयोग प्राप्त भएको प्रचार पनि हुनथालेको छ। यो सहयोग उत्तर, दक्षिण अथवा पश्चिमा कताबाट खुलिसकेको छैन।