Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्र नभए देशको अस्तित्व संकटमा

०५ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले ‘अब सनातन हिन्दूराष्ट्र तथा संवैधानिक राजसंस्था कायम गर्नेतर्फ बहस आरम्भ गर्नुपर्छ’ भन्दै राजतन्त्र नभए देशको अस्तित्व संकटमा पर्ने भयो भन्न थाल्नु भएको छ । संविधानसभाका समयमा पटक पटक सत्तामा गएर राजतन्त्रको वकालत नगरेका कारण जनताले १ सिटमा झारिदिएपछि राप्रपा संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रका लागि सबै शक्ति लगाउन तैयार भएको देखिन्छ । वास्तवमा यही अडानमा राप्रपा अड्यो भने राप्रपाले आफूलाई बैकल्पिक शक्ति बनाउने जुन लक्ष्य राखेको छ, चुनावपछि त्यो असम्भव देखिदैन ।
अध्यक्ष थापा भन्नुहुन्छ– राप्रपाका आधारभूत मान्यताहरु हिन्दुराष्ट्र र राजसंस्था जस्ता विषय संविधानमा नसमेटिएको कारण राप्रपा नेपाल विपक्षमा खडा भएको हो । २०६४ जेठ ४ गते हिन्दुराष्ट्रको पहिचान समाप्त गरि धर्मनिरपेक्षता लादियो । यही शव्द २०७२ सालको संविधानमा लेखियो । तैपनि राप्रपाले आफ्ना लक्ष्यका लागि कडा 
आन्दोलन गर्न सकेको छैन ।
संविधानको धारा ३ ले नेपाललाई ‘बहुधार्मिक’ लेख्छ । यसको ठीक पछि धारा ४ मा ‘धर्मनिरपेक्ष’ उल्लेख गर्छ । ५ खर्ब खर्च गरेर, साँढे सात वर्ष लगाएर लेखिएको र फास्ट ट्य्राकबाट जारी संविधानको यस्तो कन्तबिजोग छ, यत्ति कुरा पनि राप्रपाले उठाउन सकेको छैन । के हो यो बिरोधाभाष ? संविधानसभाले संविधान जारी हुनुपूर्व जनताको मत संकलन गरिएको थियो, ९० प्रतिशत सुझाव हिन्दुराष्ट्र हुनुपर्छ भन्ने थियो, तर संविधानमा बहुधार्मिक लेखियो र जारी हुने बेलामा धर्मनिरपेक्षता थपियो । किन यो जालझेल ? कसका लागि, कसको षडयन्त्रले संविधानसभाका कसैले मुख खोल्ने साहस गरेनन् । यो सवाल पनि राप्रपाले अझैसम्म उठाउन सकेको छैन ।
यो संविधान हो कि कागजको खास्टो ? आजको मूल प्रश्न यही हो ।
जनता निराश छन्, आक्रोसित छन् । नेकपा निरंकूश भइरहेको छ, नेपाली कांग्रेस आफैमा हराइरहेको छ । यो मौकामा संगठनात्मक स्थिति मजबुत पार्ने हो भने राप्रपा बैकल्पिक शक्ति बन्न सक्छ । तर गाई कि हलोमा अड्किएर तीन अध्यक्ष कमल थापा, डा.लोहनी र पशुपति शमशेर किन हो अझै निर्वाचन आयोग पुगेर एकीकरणलाई सार्थकता दिन सकिरहेका छैनन् ।
अन्यौलता बढेर गएको छ ।