Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विप्लव कहा“ छन्, के गर्दैछन् ?

०५ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । राज्य निरंकूश र प्रतिपक्षीहरु मौनता साधिरहेका बेलामा कोरोना, बाढीपहिरो र राज्यशोषणमा परेका जनताको आवाज कसले बोलिदेला भन्ने सन्दर्भमा कतिपय व्यक्तिहरुले विप्लव कहाँ छन्, के गर्दैछन् ? भनेका छन् ।
विप्लव ती नेता हुन्, नेकपालाई प्रतिवन्ध लगाएपछि ओली सरकारले राज्यशक्ति लगाएर सर्वाधिक खोजी गरिरहेको छ । विप्लवका नेता कार्यकर्ताहरुलाई दुःख दिने र धरपकड गर्ने काम सरकारले गरिरहेको छ । यति हुँदा पनि विप्लवका गतिविधि सुस्त हुनु सर्वाधिक चासो बनेको छ ।
प्रहरी भने विप्लवका नेता कार्यकर्ता विरुद्ध सक्रिय रहेको देखिन्छ । ३ वर्ष भइसक्यो, विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा देखा परेका छैनन् । ०७५ सालदेखि विप्लव नेतृत्वको नेकपा माओवादीलाई सरकारले प्रतिवन्ध लगाएको छ । विप्लव भूमिगत भएपछि प्रहरीको सर्च एण्ड अरेस्ट अपरेशनमा नेपाल प्रहरीलाई असफल भइरहेको छ ।
यद्यपि विप्लव समूहका नेता हेमन्तप्रकाश ओली, माइला लामा, ओमप्रकाश पुनलगायतका नेताहरु पक्राउ परे । केही अदालतको आदेशमा छुटे पनि पक्राउ गर्न लाग्दा फरार भएका छन् । प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ पनि पक्राउ परेका थिए । तर अदालतको आदेशले उनी छुटे ।
सशस्त्र र नेपाल प्रहरीले विप्लवलाई पक्राउ गर्न विशेष टोली नै खटाएको छ । विप्लव टोलीलाई चकमा दिइरहेछन् ।
प्रहरी स्रोत भन्छ– सूचना आउँछ, सूचना अनुसार अपरेशन गर्दा फेला पर्दैनन् । विप्लवलाई पक्राउ गर्न सके नेकपा छरपस्ट हुनेछ । स्रोतहरु भन्छन्– विप्लव समूह यति संगठित छ कि एउटा नेता यता उता हुँदैमा फरक पर्नेवाला छैन । अर्को स्रोत भन्छ– यसवीचमा विप्लवले प्रचण्डसँग वार्ता गरेका थिए, मोहन वैद्यको सम्पर्कमा पनि उनी रहेका छन् ।
प्रहरीका अनुसार पश्चिम नेपालको जंगलमा विप्लवको बसाइ छ । उनी संगठन बिस्तार र तालिम दिइरहेका छन् । सशक्त दस्ता लडाकु दस्ता उनले तैयार गरिसकेका छन् । विप्लवले मोवाइल र इन्टरनेट प्रयोग नगर्ने भएकाले प्रहरीलाई पत्ता लगाउन र पक्राउ गर्न मुस्किल परिरहेको हो ।
प्रहरीले पत्ता लगाएको कुरा के हो भने विप्लव सेल्टर फेरिरहन्छन् । विप्लवको सुरक्षाका लागि कार्यकर्ताहरुको सशक्त चक्रव्यूह नै बनाइएको छ । विप्लवले धेरैभन्दा धेरै पूर्व माओवादी लडाकुलाई साथमा लिएका छन् । प्रचण्डले खोलाले बगायो भनेका हतियार पनि उनकै कब्जामा छ । 
प्रहरीले जे सुकै दावी गरे पनि विप्लवको शक्ति राज्यविप्लव गर्ने हैसियतको बनिसकेको छ । विप्लव समूहका पक्राउ परेका नेता कार्यकर्ताको साथमा अत्याधुनिक हतियारले पनि विप्लवको शक्तिको अनुमान सहजै गर्न सकिन्छ ।
विप्लवले हाँकेको नेकपा कोरोनाको महामारीका कारणले सुस्त देखिएको हो । स्रोत भन्छ– यो अवधि विप्लव माओवादी संगठित हुन र शक्ति आर्जन गर्न अवसर बनेको छ । जे सरकार सोचिरहेको छ, त्योभन्दा भिन्न छ विप्लवका रणनीतिहरु । विप्लवले जनताको पक्षमा शक्ति देखाए भने के होला ?