Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शिक्षक निकाल्न पाइदैन–आन्दोलन

०५ सोमबार , आश्विन २०७७४ बर्ष अगाडि

काठमाडौं । लामो समय तलव नपाएर भोकभोकै परेका र अव कटौतीमा समेत पर्ने भएपछि निजी स्कूलका शिक्षकहरुको सबरको बाँध टुट्यो, आन्दोलनमा उत्रिन थालेका छन्– बहानाबाजी चाहिदै, शिक्षक निकाल्न पाइदैन ।
प्राप्त समाचारअनुसार संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आइतबार घोषणा गरेको कार्यक्रम अनुसार असोज ९ गते सम्बन्धित पालिकाहरूमा ज्ञापनपत्र दिने, निजी तथा संस्थागत विद्यालय संगठन (प्याब्सन) र निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का सबै तहमा स्मरण पत्र दिइने भएको छ । यसैगरी असोज ११ देखि १३ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संशाधन विकास केन्द्र, श्रम मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम् दिने र असोज १५ गते सबै महानगरपालिका र उपमहानगरपालिका धर्ना दिइने इस्टुका अध्यक्ष होमकुमार थापाले सबैलाई जानकारी प्रेसित गर्नु भएको छ ।
उहाँका अनुसार असोज १८ गते देशभरीका प्रमुख शहरहरूमा विरोध ¥याली र कोणसभा गर्ने गरिनेछ । उहाँका अनुसार २ लाख शिक्षक कर्मचारीहरुमध्ये चैतदेखि तलव नपाउने शिक्षकहरु ९५ प्रतिशत रहेका छन् । कसैले पाइहाले पनि केही रकम मात्र पाएका छन् । गत सालको चैत महिनासम्मको तलब नपाउने शिक्षक—कर्मचारीहरू ६० प्रतिशतको हाराहारीमा रहेका  छन् ।
उहाँले दिएको जानकारी अनुसार झण्डै तीन हजार शिक्षक कर्मचारी निश्कासनमा परिसकेका छन्, यो क्रम बढेर गएको छ । कोरोना भाइरसका बेला अतिरिक्त क्रियाकलाप पढाउने शिक्षक, कर्मचारी, करार तथा आंशिक शिक्षक र कक्षा ११ र १२ पढाउने शिक्षकहरू बढी मारमा परेका छन् ।
यी तिनै शिक्षकहरु हुन्, जसले ०६३ सालको आन्दोलनमा कर्मचारी कार्यालयबाट निस्के झैं स्कूलबाट निस्केर लोकतन्त्र ल्याउन भूमिका निर्वाह गरेका थिए । आज तिनै शिक्षकहरु मारमा परेका छन्, भोकपछि रोजगारीसमेत गुमाउने अवस्थामा रहेका छन् ।