Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

देशले युवाको यस्तो आक्रोश खोजेको छ

२२ सोमबार , भाद्र २०७७६ बर्ष अगाडि

   काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका प्रकाण्डले यसरी आक्रोश पोखेका छन् । सर्वत्र भ्रष्टाचार र जनविरोधी क्रियाकलाप बढेका कारण देशले युवाहरुबाट यस्तो आक्रोश खोजेको छ ।
विप्लव समूहले एक वक्तव्य प्रकाशित गरी रेल विभागका महानिर्देशक मिश्र, शारदा अधिकारीलगायतलाई मात्र होइन, मल आपूर्तिमा ढिलाइ गर्ने, काकडभिट्टा–इनरुवा रेल्वे ठेक्कामा अर्वौं चलखेल गर्ने ठेकेदारमाथि सरकारले तुरुन्तै कारबाही नगरे आफैंले कारबाही गर्ने फर्मान जारी गरेको छ ।
गत शनिवार वक्तव्य जारी गरिएको हो । प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्तिमा ठेकेदारको नामसमेत जारी गरिएको छ । महानिर्देशक बलराम मिश्र, शैलुङ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी, होविको मल्टिमलका हुमनाथ कोइराल छन् भने शर्मा एण्ड कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामा लगायतले ६ अर्ब भन्दामाथिको कमिशनको खेल र सेटिङ नेपाली जनताको सम्पत्ति लुट्ने गर्ने डिजाइन गरेको र सो कुरा सरकारले नसुनेको आक्रोश पनि पोखिएको छ ।
यिनलाई सरकारले तुरुन्तै कारबाही नगर्ने हो भने जनताको आक्रोश र कारबाहीको मागको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने कुरासमेत सरकार र भ्रष्टाचारीहरूलाई पार्टी स्पष्ट गर्दछ भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यो बेला राज्यका सञ्चालकहरूले नेपाल कम्युनिष्ट पार्टीलाई कानुन हातमा लियो, आतंक मच्चायो, लोकतन्त्रलाई चुनौती दियो लगायतका आरोप लगाउन पाइने छैन ।’
देशको शासन भ्रष्टाचारको दलदल बनिसकेको सन्दर्भमा युवाहरुले यस्तै प्रकारको आक्रोशसहित अगाडि नआउने हो भने देश जंगलसरह हुने दावी विश्लेषकहरुले गरेका छन् ।