Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनविरुद्ध ३ बटालियन गोर्खा तैनाथ

२२ सोमबार , भाद्र २०७७४ बर्ष अगाडि

काठमाडौं । यसअघि गलवान घाँटीमा भएको मारमुङ्ग्रीमा २० भारतयि सैनिक मारिएका थिए भने भदौ १३ र १४ गते पुनः झडप भएपछि २ क्याप्टेनसहित ४३ भारतीय सेना घाइते भए । यसपछि दिनुहँ भारत र चीनवीच सैनिक स्तरमा वार्ता भइरहेको छ भने रक्षामन्त्री स्तरमा रुसको मस्कोमा वार्ता हुँदा पनि चीन डेग चलेन । चीनका राष्ट्रपति सी चीनफिङले आफ्नो संवोधनमै भारतलाई बढी फुरुक फुरुक नगर्न चेतावनी दिइसकेका छन् ।
भारतले आफ्नो सैनिक ताकत बढाउन फ्रान्स र अमेरिकाबाट फाइटर जेट र हतियार किनिरहेको छ । चीनले आफ्नो पुरै तैयारी गरिसकेको छ । यस्तो बेलामा नेपाल र चीनवीच झगडा गराइदिन भारतले ३ बटालियन गोर्खा सेनालाई गलवान घाँटी तैनाथ गरिसक्यो ।
एक बटालियनमा १२ सयका दरले ३ हजार ६ सय गोर्खा सेना गलवान पुगिसेका छन् भने भारतले अरु बटालियन पनि पठाउने
 तैयारीमा लागेको बताइन्छ । यसबारे नेपाल सरकार मौन छ, देशभक्तहरु यो मित्रघात भनिरहेका छन् । भारतले कहिले पाकिस्तान त कहिले चीनसँग सम्बन्ध बिगार्न यस्तो हर्कत गर्ने गरेका छन् ।
भारतले भारत शासित काश्मिर र नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानी आफ्नै नक्सामा देखाएपछि नेपालले पनि आफ्नो नक्सा जारी गरेर ती क्षेत्र भारतद्वारा अतिक्रमित गरिएको र ती नेपाली भूभाग भनेर दावी गरेको छ । तर ती भूभाग फिर्ता गर्नुपर्छ भनेर भारत वार्तामा बसिरहेको छैन । नेपालले ती भूभाग फिर्ता ल्याउन वार्ता वार्ता भनिरहेको छ र थप प्रयत्न गरेको देखिदैन । भारतसँग अर्थपूर्ण वार्ता हुन्छ भनेर भ्रम छरिएको छ ।
भारत र चीनवीचको सैनिक तनावको बाछिटा नेपालमा पर्न थालिसकेको छ । यो स्थितिमा समदूरीको सिद्धान्तमा कसरी अडिग रहने र गोर्खा सेनाको दुरुपयोग गर्न रोक्न, यसबारे ओली सरकार मौनतालाई शक्ति बनाइरहेको देखिन्छ । यही देखेर कूटनीतिक विज्ञहरुले असंलग्नताको सिद्धान्तमा अड्न सुझाव दिएका छन् ।