Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अध्यक्ष पद गिरिजा राष्ट्रपति बनेजस्तो नहोस्

१५ सोमबार , भाद्र २०७७४ बर्ष अगाडि

काठमाडौं । गणतन्त्र कार्यान्वयन गरौं, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति तपाई । यसै भनेर प्रचण्डले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पासो थापेका थिए । अलिकति राजासँगको रिस, अलिधेरै पदीय लालसाका कारण आपूm जान नसकेर चुनाव हारेका कृष्णप्रसाद सिटौलालाई गणतन्त्र कार्यान्वयनको प्रस्ताव दिएर पठाएका थिए गिरिजाले र प्रस्ताव राखेका थिए– सिटौलाले । २०६५ साल जेठ १५ गते त्यो प्रस्ताव बृद्ध सभाध्यक्ष कूलबहादुर गुरुङ्ले टेबुल गर्न दिए र टेबुल ठोकेर पारित भयो । पारित भएपछि त्रिपुरेश्वरको खम्बामा फ्लेक्स टाँस्सियो– गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रचण्ड भनेर । यसपछिको खिचातानीमा प्रचण्डले रामराजालाई उमेदवार बनाए, कांग्रेसले रामबरण यादवलाई । गिरिजा हिस्सिए । भनिन्छ, यही पीडावोधले उनको देहान्त भयो ।
यतिखृर एमाले र माओवादी केन्द्र मिलेको नेकपा शासनमा छ र प्रधानमन्त्री वा कार्यकारी पार्टी अध्यक्ष नपाएर प्रचण्डमा छटपटी बढेको छ । प्रचण्डले माधवकुमार नेपाल, वामदेव गौतमहरुलाई उचालेर सचिवालय, स्थायी समितिमा केपी ओलीलाई दुबैपदबाट राजीनामा दिन दबाब दिइरहे । केन्द्रीय समितिको बैठक बोलाउन हस्ताक्षर अभियान पनि चलाइयो । र, सुझाव दिन तीन नेताका २–२ जना सदस्य राखेर आयोग पनि बनाइयो । आयोगले रिपोर्ट बुझाइसक्यो, स्वयम् प्रचण्ड भन्न थालेका छन्– राजीनामा दिनुपर्दैन ।
माधव नेपाल र नेकपाभित्र खुब चर्चा छ– चैतमा अधिवेशन गर्ने र अधिवेशनमा प्रचण्डलाई अध्यक्ष बनाउने । केपी ओलीले दावी नगर्ने । माधव नेपाल कित्तामा संशय छ– प्रचण्डले ओलीका सामु अस्त्र बुझाए, गोप्य सहमति गरे । अव प्रचण्ड अध्यक्ष बन्नेछन्, माधव नेपालले पाउने के ?
पूर्व माओवादीहरु हरिबोल गजुरेल, वर्षमान पुन, नारायणकाजीहरु भन्छन्– ओलीले अध्यक्षमा दावी नगर्ने भएपछि पहिलो दावी प्रचण्डकै हुन्छ । माधव नेपाल मौन छन् ।
यहीँनेर प्रश्न उठ्छ, कतै केपी ओलीले आधा आधा समय सरकार चलाउने भनेर प्रचण्डलाई जिल्याएजस्तै अधिवेशनमा अध्यक्ष बन्नबाट पनि जिल्याउने त हैनन् । त्यसो हो भने प्रचण्डले तपाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भनेर जसरी गिरिजालाई जिल्याइदिएका थिए, प्रचण्डलाई केपी ओलीले त्यसैगरी अधिवेशनमा जिल्याउन सक्छन् । जडी कुरो के पनि छ भने पूर्व एमाले कार्यकर्ता पंक्तिमा दह्रो पार्टी थियो, एमालेहरु प्रचण्डलाई अध्यक्ष मान्ने मूडमा छैनन् ।
जसरी स्वस्थानीमा छल गरेर विष्णुले दक्षकी पुत्री महादेवको हातमा पारिदिएका थिए, ओलीले त्यही बिधि अपनाएर पार्टी अध्यक्ष आफ्ना अनुयायीलाई पारिदिन सक्छन् ।
प्रचण्डमा यो आशंका नभएको होइन, तर प्रचण्डका सामु ओलीलाई विश्वास गर्नुको विकल्प छैन । ओलीले चाहे भने पार्टी फुट्न सक्छ, माओवादीको बेहाल हुन पनि सक्छ । दुबैले छद्मरुपमा पार्टी दर्ता पनि गरिसकेका छन् । यसको अर्थ मानसिक रुपमा नेकपा फुटिसकेको छ । यो जोडजाड तरिकाले नेकपा कतिदिन शासन गर्ला, चुनावसम्म जाला नजाला भन्न सकिन्न ।