Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कीर्तिमानी खेलाडीमाथि जातीय बिभेद र अमानवीयता

१५ सोमबार , भाद्र २०७७४ बर्ष अगाडि

काठमाडौं । कीर्तिमानी खेलाडीको सम्मान गर्न छाडेर कुटपीट गरिन्छ, जातीय बिभेद र अमानवीय कार्यसमेत हुँदा समेत सरकार जिब्रो तालुमा टाँसेर बसिरहेको छ, खेलकूद विनासको गतिमति नभए के हो यो ? सरकार कता छ ?
चन्द्रकला लामगादे नेपाल प्रहरीका तर्फकी एथलेटिक्सकी कीर्तिमानी खेलाडी । त्यसमाथि ६ महिनाकी गर्भवती पनि छिन् । गर्भवतीमाथि आक्रमण गर्नुजस्तो अमानवीय कार्य अरु के हुनसक्छ । घटना भदौ ८ गते झापाको  हो । चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीय दुर्गा श्रेष्ठ र पत्नी विष्णुले जातीय विभेदयुक्त गाली गर्दै चन्द्रकला र उनका पति सुमन खातीमाथि सांघातिक आक्रमण गरे । आक्रमण गरेका थिए । घाइतेको बिर्तामोडस्थित बीएण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।