Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मन्त्री दूतावासका सुराकी, कर्मचारी जागीरे

१५ सोमबार , भाद्र २०७७४ बर्ष अगाडि

काठमाडौं । सरकारी निकायले नै सरकारलाई मन्त्री भारतीय दूतावासका सुराकी भनिसकेपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले भनेका छन्– २२ हजार नेपालका कर्मचारी भारतीय दूतावासका जागीरे छन् ।
नीतिनिर्माता, शासक र कर्मचारी नै दूतावासका तलवी छन् भने उनीहरु नेपालको हितमा काम गर्छन् कि तलव दिने निकायप्रति उत्तरदायी हुन्छन् ? हुन त पहिले उपप्रधानमन्त्री स्तरका नेता नै जुत्ताको तलुवामा राखेर सरकारको निर्णय दूतावास पु¥याउने छन् भनेर आरोप लागेका थिए भने मन्त्रिमण्डलले निर्णय गर्नासाथ ट्वाइलेट छिरेर फोनबाट सूचना दिने पनि दिए भनिन्थ्यो । त्यस्ता दिन फेरि दोहोरिन थाल्यो । चीनले पारदर्शी रुपमा नेपालमा प्रभाव देखाउन थालेपछि भारतले मन्त्रीमार्फत नै सूचना लिने नयाँ तरिका अपनाएको स्रोतहरु भन्छन् ।
यद्यपि १२ बुँदे दिल्ली सम्झौताका हस्ताक्षरकर्ता हो नेमकिपा । पछि गल्ती भएछ भन्ने पनि यही पार्टी हो । अहिलेसम्म सत्तामा नगएको र भ्रष्टाचार नलागेको नेमकिपाले जनताको आवाज बोल्दै आएको छ ।
भदौ १२ गते कर्मचारीसमेत देशघाती काम गरिरहेको रोहितले बताउनु भएको हो । मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको 
भक्तपुर काण्ड’ विषयक प्रवचन कार्यक्रममा रोहितले यस्तो खुलासा गर्नुभएको हो ।
रोहितले अगाडि भन्नुभयो– नेपालको खुल्ला सीमाना छ, विदेशी जासुसहरु र पञ्चहरु नेपालका प्रमुख दलहरुमा भएको कारण शासक दलहरुले देश र जनताको सुरक्षा र सेवा गर्न सक्दैनन् । भारतले हाम्रो खुट्टा बाँधेको छ, यदि एमसिसि पास भएमा अमेरिकाले पनि हाम्रो खुट्टा बाँध्ने छ, नेपालको हविगत अझ नाजुक हुनेछ त्यतिबेला ।
कार्यक्रममा रोहितले तत्कालिन सरकारले भक्तपुर काण्डमा पञ्चायतले योजनाबद्ध तरिकाले षड्यन्त्र रचेको आरोप लगाउनु भयो । २०४५ सालमा प्रतिद्वन्दी कर्ण हेजुलाई छाताको डाठले घोची घोची मारेको आरोप लागेको थियो रोहितलाई । यही थियो भक्तपुर काण्ड । त्यतिबेला पञ्चायतले नेमकिपाका नेता–कार्यकर्ताहरुलाई युद्धबन्दीको जस्तो दुर्व्यवहार गरेको स्मरण गर्दै तत्कालिन सरकार प्रमुख र मन्त्रीलगायतका उच्च पदस्थहरुले नै रोहितलाई फाँसी दे भन्दै जुलुशमा नारा लगाउनु भत्र्सनायोग्य थियो पनि उहाँले भन्नुभयो । र, नेमकिपा देश र जनताको निःस्वार्थ सेवामा त्यतिबेला थियो, अहिले पनि छ भन्ने दावी उहाँले गर्नुभयो ।
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीलाई भारतीय दूतावासमा सरकारको गम्भीर सूचना पु¥याएको प्रमाणसहितको जानकारी गराएपछि श्रममन्त्री रामेश्वर राय यादवको मन्त्री खुस्कने भएको छ । प्रधानमन्त्री, मन्त्रीले चीनका राजदूतलाई भेटेको देखि अनेक सूचना दूतावास तात्तातै पुग्ने गरेको थियो । पूर्व माओवादी पार्टीमा प्रवेश गरेपछि नेकपा भएका यादवलाई शीर्ष अर्का अध्यक्षले बचाउने प्रयास गरिरहेको बताइन्छ, थप दण्ड चाहिँ हुनेवाला छैन ।