Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बेलायती पाउण्डमा गोर्खा रेजिमेन्ट

०८ सोमबार , भाद्र २०७७४ बर्ष अगाडि

काठमाडौं । बेलायतले बेलायती सेनामा पु¥याएको योगदानको कदर गर्दै बेलायत सरकारले गोरखा सैनिकको फोटो अङ्कित पाउण्ड सिक्का निकाल्ने तैयार पूरा गरेको समाचार छ । हरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । बाहिर आएको समाचारअनुसार ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण त्यस्तो तैयारी भएको लण्डनमा आयोजित एक कार्यक्रममै खुलासा गरेका छन् । बेलायताम श्वेत बेलायती बाहेक अन्य समुदायको सिक्का निस्केको छैन । कार्यक्रममा सिक्का छाप्नका लागि ढाँचो कस्तो हुने भन्ने सम्बन्ध्मा कुरा भइरहेको र त्यसैका लागि प्रस्ताव रोयल मिन्समा पेश गरिएको ट्रेजरी मिनिस्टरले जनाएका छन् । गोर्खा सैनिकका लागि यो घटना ऐतिहासिक हुनेवाला छ ।
रोयल मिन्ट बेलायत सरकारको सिक्का छाप्ने स्वामित्व रहेको निकाय हो । यसले प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्दछ । पहिलोपल्ट गोर्खा सैनिकको फोटो अङ्कित सिक्का छापिएपछि यो संस्थाले पनि ऐतिहासिकताको अर्को अध्यायमा प्रवेश गर्नेछ ।
नेपालका सन्दर्भमा नेपाल निर्माता बडामहाराजाधिराजको जन्मजयन्ती पुस २७ गते भइरहेको बिदा पनि काट्ने लोकतन्त्रवादीहरुले वडामहाराजाधिराजको फोटो नोटमा राख्ने माँगलाई बेवास्ता गर्दै आएका छन् । नेपाल निर्माणमा नेपाली सेनाको योगदानलाई कदर गर्दै सेनाको फोटो राख्ने सन्दर्भमा पनि नेताहरुले वास्ता गरेका छैनन् । लोकतन्त्रवादीहरुमा राष्ट्रिय गौरवप्रति कति तुष पालेका होलान् ? सबै चकित छन् ।