Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपालले अनुरोध गरे रुसले दिनेभो खोप

०८ सोमबार , भाद्र २०७७६ बर्ष अगाडि

काठमाडौं । रुस, चीन, बेलायतले तेश्रोचरणको खोपको परीक्षण नेपालमा पनि गर्ने भएका छन् । कोराना भाइरसको खोप रुसले निकालेको जानकारी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएपछि विश्वभर नयाँ आशा जगाएको छ । भारत, चीन, बेलायत, अमेरिका पनि खोपको नजिक पुगिसकेका छन् । जेहोस्, नेपालका लागि रुसी रुसी 
राजदूत उलेक्सी नोभिक्भले 
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनामार्फत सन्देश दिएका छन्– नेपाल रुसको प्राथमिकतामा छ ।
महामहिम राजदूतले सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको साझेदारीमा समेत चासो दिएका छन् । यही अवसरमा राजदूत नोभिकमले नेपालको विकासका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको र रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन सकिने बताउनुभो । रुसले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्वबजारमा आउनेछ । म पहल गर्छु भनिसक्दा समेत नेपाल सरकार, परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयले होमवर्क थालेकै छैनन् । नेपालले खोप छिटो ल्याउने बारेमा सरोकार नराख्नुको रहस्य कमिशनमात्रै कि अरु केही छ ?