Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एउटा हिम्मतवाला कवि, व्यवसायी

०१ सोमबार , भाद्र २०७७६ बर्ष अगाडि

काठमाडौं । बसन्त चौधरी कवि पनि हुन्, अस्पताल व्यवसायी पनि । वीरगञ्जका डाक्टरहरु भनिरहेका छन्– मान्छे मरेको टुलुटुलु हेरिरहनु परेको छ । केही गर्न सकिएन । कवि बसन्त चौधरीको कवि मन भावुक भयो– उनले एपीवान टीभीमा भय यसरी व्यक्त गरे– प्रधानमन्त्रीले  भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्नुभएको छ तर स्वास्थ्य सामग्री खरिदमा, स्वास्थ्योपचारमा भ्रष्टाचार भएको छ । भ्रष्टाचार जघन्य अपराध हो । भ्रष्टाचारको बिरोधगर्दा देश छोड्नु पर्दैन होला । स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको प्रमाण मसँग छ । उक्त प्रमाण सहित मन्त्रालय सँग डिबेट गर्न तयार छु ।
बसन्त चौधरी अस्पताल संघको अध्यक्ष पनि हुन् । उनले कोरोना महामारीमा लागत खर्चमा स्वास्थ्योपचारको व्यवस्था मिलाउन तैयार भएको पनि बताएका छन् । तर सरकारले किनारा लगाएको उनको आरोप छ । बसन्त चौधरीको सत्य लाग्ने घटनाक्रम सुनाएपछि विश्लेषकहरुले टिप्पणी गरेका छन्– कमिसनको समृद्धि, भ्रष्टाचारको समृद्धि, निकृष्ट कार्यकर्तालाई महत्वपूर्ण निकाय सुम्पने समृद्धि, भ्रष्टलाई
काखीच्याप्ने समृद्धि, अपराधीकरण र राजनीतिकरण गर्ने समृद्धि, बिधि मिच्ने समृद्धि आउन थाल्यो । राप्रपा अध्यक्ष कमल थापाले समेत बसन्त चौधरीले प्रमाण दिन्छु भन्नुभएको छ, प्रमले आफ्नो भनाई पुष्टि गर्ने यो अवसर प्रयोग गर्नुहुने अपेक्षा गर्दछु ।
बसन्त चौधरीजस्ता शक्तिशाली व्यक्तिमा भ्रष्टाचारको बिरोध गर्दा देखिएको भय देख्दा लाग्छ, भ्रष्टाचारमा ठूलै अपराधी ग्याङ हावी छ ।