Advertisement Banner
Advertisement Banner

१८ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

स्ट्रिप नक्सामै सीमा मिच्नदिने को को हुन् ?

०१ सोमबार , भाद्र २०७७६ बर्ष अगाडि

काठमाडौं । ‘स्ट्रिप नक्सा’ तैयार गर्दा नापी विभागमा महानिर्देशक को थिए, को को नापी टोलीमा खटिएका थिए, कति भारु खाएर भारतले तैयार गरेको स्ट्रिप नक्सामा तिनले सही गरेर ठिक छ भने, छानबिन गर्नुपर्ने भएको छ ।
सीमा दुरुस्त गर्न नापी गर्दा नै भारतलाई नेपाली भूभाग अतिक्रमण गर्न दिने जो कोही हुन्, ती देशका घातक हुन्, राष्ट्रघाती हुन् । कारवाही गरिनुपर्छ ।
नेपालले खटाएको नापी टोलीलाई भारतले खानपिन र मोजमस्तीको बन्दोबस्त गराएर भारततिरै राख्यो र मनग्गे नेपाली भूभाग भारततिर पारेर मनलागी नक्सा तैयार ग¥यो । त्यही नक्सामा नेपाली नापी टोलीले सही धस्कायो । नेपाली टोली नेपाल नफर्कदै भारतले नक्सा जारी ग¥यो, त्यही नक्साका कारण अहिले आएर नेपाली भूभाग भारततिर परेको खुलासा हुनगएको छ । देशबेचुवा कर्मचारी हुन्, ती कर्मचारीको चयन गर्ने, खटाउने र सही गर्न लगाउने 
को को हुन्, जनताले थाहा पाउनुपर्छ । देश बेच्ने छुट कसैलाई पनि छैन । त्यही नक्सा देखाएर यतिखेरभारतले नेपाली भूमि अतिक्रमण नगरेको दावी गर्न पाएको जानकार बताउँछन् ।
सरकारले पटक पटक ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको बताउँदै आएको छ । सुस्ता, कालापानी क्षेत्रबाहेक समाधान भएको बताउने सरकारले २३ जिल्लामा ६० हजार हेक्टरभन्दा बढी भूभाग अतिक्रमणमा परेको, कालापानी, लिम्पियाधुरा, लिपुलेक अतिक्रमित भूभाग हुन पुगेका छन् । नापी विभाग र नापी टोलीले स्ट्रिप्स नक्सामा ठूलो धनराशी घूस खाएको आशंका छ । यहीकारण नेपालीका हातमा लालपूर्जा छ, भारत आफ्नो भूमि भनेर दावी गरिरहेको देखिन्छ । स्ट्रिप नक्सामा टोलीले सही गरे पनि सरकार सरकारका वीच सही भएको छैन, सुधार गर्न सकिन्छ । तत्कालीन नापी कर्मचारीलाई दण्डित गरेर त्यो चुक यो सरकारले सुधार गर्नुपर्छ । स्थायी रुपमा सीमा समस्या समाधानका लागि तथ्य र प्रमाणलाई आधार लिएर भारतसँग वार्ता गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन्, । गल्ती गर्नेमाथि देशद्रोहको मुद्दा लगाउनुपर्छ । ताकि पछि पछि देशद्रोह गर्ने हिम्मत कसैको नहोस् । के पनि हो भने राजनीति भ्रष्ट भएकाले कर्मचारीतन्त्रलाई पनि भ्रष्ट बनाएको हो । सीमाक्षेत्रका जग्गा भारतलाई दिनुमा नेताहरुको पनि दबाब हुनसक्छ ।