Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अमेरिकाले स्वीकार्ला महिला राष्ट्रपति

०७ सोमबार , असार २०७२९ बर्ष अगाडि

 – पदम हमाल
१७८९ देखि २००९ सम्मको अमेरिकी इतिहासमा महिला राष्ट्रपति बनेको रेकर्ड छैन। २००९ देखि बाराक ओवामा राष्ट्रपति छन् र आगामी वर्ष उनको कार्यकाल पूरा हुने भएकाले उनको स्थानमा राष्ट्रपति को बन्छ? यतिखेर विश्व चासोको विषय बनेको छ। डेमोक्र्याटिक पार्टीबाट हिलारी क्लिन्टनले उमेदवारी घोषणा गरिसकेकी छिन् भने रिपव्लिकन पार्टीले जेब बुसलाई उमेदवार घोषणा गरेको छ। दुबै प्रतिस्पर्धीले आफ्नो चुनावी प्रचार अभियान थालिसकेका छन्। अत्यन्त लोकतान्त्रिक मतदाताहरु यसपटक महिला राष्ट्रपति चुनेर इतिहास निर्माण गर्छन् कि यसपटक पनि पुरुष नै राष्ट्रपति बन्न सफल हुन्छन् परीक्षणमा रहेका छन्। प्रश्न के छ भने अमेरिकाजस्तो मुलुकमा कालाजातिबाट पहिलोपटक बाराक ओवामा राष्ट्रपति बन्न सफल भए र दुईकार्यकाल चलाए पनि। यसपटक अमेरिकाले महिला राष्ट्रपति पाउन सक्छ।
हिलारी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हुन् भने जेब बुस पूर्वराष्ट्रपति जर्ज बुशका भाई हुन्। उनका पिता पनि राष्ट्रपति भइसकेका छन्। हिलारी कानुनकी ज्ञाता मानिन्छिन् भने जेब व्यापारमा दख्खल राख्छन्। तर दुबैको चासो रानजीति प्रमुख विषय हो। यद्यपि जेब बुशमाथि परिवारवाद हावी गर्न खोजेकोप्रति अमेरिकी जनताले धेरै प्रश्न उठाइरहेका सुनिन्छन्।
६ महिना अघि देखि नै दुबैले प्रचार अभियान चलाइरहेका छन्। औपचारिक रुपमा प्रचार अभियानले अमेरिकामा ठूलै चर्चा पाइरहेको छ। यतिखेर ओवामाका कार्य केही आलोचनाको घेरामा परेकाले पनि हिलारीलाई गाह्रो पर्नसक्ने अनुमान तीब्र भइरहेको देखिन्छ। जेब बुशको सबैभन्दा ठूलो समस्या इराक युद्धमा किन समर्थन गरेको? भन्ने प्रश्नको जवाफ दिनु रहेको छ। र, साथै आफ्नो औपचारिक प्रचार कार्यक्रममा जेब बुसले राष्ट्रपति बाराक ओवामाको विरोध गर्दै छिमेकी क्यूवासँग पछिल्लो समयमा सम्बन्ध बिस्तारबारे प्रश्न उठाएका छन्। जेबका अनुसार क्यूवा आज पनि आतंककारी मुलुक नै हो। हालैका दिनमा अमेरिकाले क्यूवाविरुद्धको आतंककारी बिल्ला र नाकाबन्दी हटाएर हात मिलाएको छ। जेब भन्छन्: अमेरिकी नागरिक पर्यटकका रुपमा असफल भइसकेको क्यूवा जानु जरुरी छैन। जेब बुसले आफू राष्ट्रपति भए अहिलेभन्दा राम्रो विदेशनीति अख्तियार गर्ने र अमेरिकको वर्तमान अवस्थामा धेरै सकारात्मक परिवर्तनहरु ल्याउने दावी गरेका छन्। अमेरिकी जनता सक्षम छन् र सक्षम व्यक्तिलाई राष्ट्रपति चयन गर्नेछन्। यसमा कसैलाई द्विविधा छैन तर प्रश्न के छ भने अमेरिकाको इतिहासमा एकजना पनि महिला राष्ट्रपति बन्न नसकेको किन? के अमेरिकामा सक्षम महिला नभएर हो? यो सवालको जवाफ यसपल्ट हिलारी क्लिन्टन राष्ट्रपतिको उमेदवार भएकाले आउन निश्चित छ।
अमेरिकाले अहिलेसम्म  महिलामाथि विभेद गरेको घटना छैन तर महिला राष्ट्रपति बन्न नसक्नुले अमेरिकी सोचमाथि आशंकाहरु छन्,  ती सबै आशंकाका बादलहरु छाँटिने छन्। हिलारीले जिते वा हारे, जे भए पनि अमेरिकी सोच र अमेरिकी प्रजातन्त्रले नयाँ फड्को मार्ने निश्चित छ भनेर मान्न सकिन्छ।