Advertisement Banner
Advertisement Banner

१३ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घरेलु रक्सीलाई ब्राण्ड बनाऔं

२६ सोमबार , श्रावण २०७७४ बर्ष अगाडि

काठमाडौं । सांसद उषाकला राईले सरकारलाई बहुमूल्य सुझाव दिनुभएको छ– घरेलु रक्सी जडिबुटीयुक्त हुने भएकाले औषधीय गुण धेरै छ, घरेलु रक्सीलाई ब्याण्ड नगरौं, ब्राण्ड बनाऔं ।
छाङ कोरिया, जापानबाट नेपालमा आयात भइरहेको छ र सुपर मार्केटदेखि गल्ली पसल पसलमा बिक्री भइरहेको छ । तर नेपाली छाङ, घरेलु रक्सी प्रहरी लगाएर जफत गर्ने, पोखिदिने क्रम दिनदिनै बढेर गएको छ । बिदेशीलाई उपभोग गर्ने र स्वदेशी जडिबुटीयुक्त रक्सी मिल्काउने ? यो त अति हो, तर सांसदहरुमा उषाकला राईले जुन आवाज उठाउनु भएको छ, त्यो स्तुत्य छ । जनजीविका उठाउन पनि उषाकलाको सुझाव उपयुक्त छ ।
उषाकला भन्नुहुन्छ– ठूलाले पिए ह्वीस्की र बियर, सानाले खाए जाँड । यही उखानजस्तै छ, नेपाली परम्परागत रक्सीको सवाल । जापानले चामलका बिभिन्न प्रकारका रक्सी बनाएर आन्तरिक खपत र बाह्य निकासी गरिरहेकै छ । चीनको जुनेलोको लोकल रक्सीको माँग राष्ट्रिय ब्राण्ड माउथआईको
 भन्दा बढी छ । हामी किन हाम्रा उत्पादनहरुलाई नियमित गर्न र आर्थिक आधार बनाउँदैनौं ?
कानुन, नियमन र निगरानी हुनैपर्छ । अमेरिका, क्यानडामामा गाँजा खेती हुन्छ औषधिका रुपमा । कानुनअनुसार सबै चलेका छन् । नेपालमा गाँजाखेतीमा प्रतिवन्ध लगाउनुको कारण नेपाल गरीव नै रहिरहोस् भनेर हो । सबैलाई थाहा छ– नेपाल पहाडी मुलुक हो, पहाडी मुलुक गाँजाका लागि उपयुक्त छ । नेपालले पनि कडा कानुन बनाएर औषधिका रुपमा गाँजा खेती गर्ने र गाँजा निकासी गरेर पर्याप्त आम्दानी गर्नसक्छ । नेपालले पर्याप्त आर्थिक आम्दानीको स्रोतका रुपमा गाँजाखेती गर्नसक्छ । मुख्य प्रश्न छ– अन्तर्राष्ट्रिय जगतमा गाँजाखेती हुनसक्छ भने नेपालमा किन हुनसक्दैन ? यसतिर किन नसोच्ने ?